नेपाल प्रेस सोसाईटी कास्की संयोजकमा मल्ल

0Shares

पोखरा,

नेपाल प्रेस सोसाईटी कास्कीको आज बसेको प्रथम जिल्ला भेलाले संजय मल्लको संयोजकत्वमा पदाधिकारीसहित ११ सदस्सिय नयाँ कार्यसमिति गठन गरेको छ ।

press-sociyti-kaskai-1नवगठित कार्यसमिति को सहसंयोजकमा अमृत सुवेदी गुँरास, सचिवमा विमल आचार्य, सहसचविमा सुरज श्रेष्ठ र कोषाध्यक्षमा अनिषा श्रेष्ठ लाई चयन गरेको छ । सदस्यहरुमा नवराज ढुंगाना, विनु सुवेदी, मीना राना, अर्जुन परियार, सरु गुरुङ र छविलाल घर्तिमगर चयन भएको छन ।

यस्तै भेलाले आगामि मंसिरको २४ र २५ गते वुटवलमा हुने राष्ट्रिय भेलाको लागि प्रदेश भेला प्रतिनिधि चयन गरेको छ । प्रदेश प्रतिनिधिमा आरजु विष्ट सल्यानी, मन क्षेत्री, उदीपराज ढुंगाना, कृष्णा आचार्य, अमृत सुवेदी गुराँस, विमल आचार्य, संजय शाक्य र राजु गिरी रहनु भएको छ । यस्तै जिल्लाबाट ५ जना संजय मल्ल, अमृत सुवेदी, विमल आचार्य, सुरज श्रेष्ठ र अनिशा श्रेष्ठ रहेका छन्।

भेलाबाट गठित कार्य समिति तथा प्रदेश भेलाका प्रतिनिधिहरुलाई प्रमुख अतिथि नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले टीका लगाई वधाई ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *