नेपाल पत्रकार महासंघ कास्कीमा१० औं अधिवेशन मतदान सकिएको छ कुल ३११ मा२९५ मत खस्यो

नेपाल पत्रकार महासंघ कास्कीमा १० औं अधिवेशन  नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । विहान साढे ८ बजेबाट १२ बजेसम्म भएको मतदानमा कुल ३११ म्तदाता मध्ये २९५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

मतगणना अब केहिवेरपछि सुरु हुने र आज साझ सम्म सबै नतिजा आउने अनुमान गरिएको छ । महासंघ कास्कीको अध्यक्षमा प्रेस चौतारीको तर्फबाट दीपेन्द्र श्रेष्ठ र प्रेस युनियनको तर्फबाट रमेश पौडेल प्रतिश्पर्धी छन् ।

चुनावी समिकरण अनुसार प्रारम्भिक रुपमा श्रेष्ठ पक्षको संभावना बलियो देखिएको छ । प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस सोसाईटी र क्रान्तिकारी पत्रकार संगठनको संयुक्त गठबन्धनको नेतृत्व श्रेष्ठले गरेका छन् । पौडेलले प्रेस युनियन र स्वतन्त्र पत्रकार महासंघको प्यानलबाट प्रतिश्पर्धा गर्दैछन् ।

महासंघको खुल्ला एक उपाध्यक्षमा दुई जना छन् । जस अनुसार त्रिभुवन पौडेल र यदुनाथ बञ्जाराले उमेदवारी दर्ता गराएका छन् । एक जना महिला उपाध्यक्षको लागि तीन जनाको उमेदवारी परेको छ । महिला उपाध्यक्षमा विमला भण्डारी, स्मिता अधिकारी र इश्वरी पौडेलले उमेदवारी दर्ता गरेका छन् ।

सचिवमा राम प्रसाद तिमल्सिना र वासु मिश्रविच प्रतिश्र्धा हुने भएको छ । कोषाध्यक्षमा वसन्तराज अधिकारी र सञ्जय मल्लले उमेदवारी दर्ता गराएका छन् । सहसचिवमा खुल्ला तर्फ दीनानाथ बराल र फडिन्द्र अधिकारी अकिञ्चन तथा समावेशी तर्फ दीपक परियार र भूपाल गुरुङले उमेदवारी दर्ता गराएका छन् ।

खुल्ला ८ सदस्यको लागि १७ जना विच प्रतिश्पर्धा हुदैछ । एक जना समावेशी जनजाति सदस्यका लागि दुई जनाको उमेदवारी परेको छ भने महिला सदस्यमा पनि दुई जनाले उमेदवारी दर्ता गराएका छन् । अल्पसंख्यक सदस्यमा जैनव खातुन र दलित सदस्यमा रेम विक निर्वारोध भएका छन् ।

खुल्ला २४ केन्द्रिय पार्षदका लागि ५२ जना उमेदवार छन् । सात महिला केन्द्रिय पार्षदका लागि १४ जनाको उमेदवारी परेको छ । ४१ प्रदेश पार्षदका लागि ३८ जनाको मात्रै उमेदवारी परेपछि निर्विरोध भएको छ । निर्वाचनबाट आगामी तीन बर्षे कार्यकालका लागि १९ सदस्यिय कार्यसमिति चयन हुनेछ   बिगतमा हुने चुनाव भन्दा  यसपलिको निकै प्रतिस्पर्दा का साथ अब आउने कार्यसममिति चयन हुनेछन्