नेपाल पत्रकार महासंघको ६२औं स्थापना दिवस कास्कीमा मनाइएको छ । महासंघ कास्की शाखाको आयोजनामा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया गरी बुधबार स्थापना दिवस मनाइएको हो ।
शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु, पत्रकारसँग सम्बन्धित विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधि लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु सहभागी थिए ।
महासंघले सञ्चालन गर्ने विभिन्न गतिविधिलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर अन्तरक्रियामा सहभागीहरुबाट सुझाव संकलन समेत गरिएको सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिए । स्थापना दिवसको अवसरमा महासंघकै हलमा आयोजित उक्त कार्यक्रममा केकसमेत काटिएको थियो ।

Leave a Reply