नेपाली कांग्रेसले पोखरा लेखनाथ महानगरपालिकाको उमेदवार मेयरमा रामजी कुँवर सरस्वती गुरुङ

Today Pokhara
0Shares

नेपाली कांग्रेसले सोमवार दिउसो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नरेश शंकर पालिखे र उपमेयरमा स्व रामजी पौडेल वादल की पत्नी चन्द्रावती पौडेलको नाम टुङ्गो लगाएपनि अन्तिम समयमा आएर उमेदवार परिवर्तन गरेको छ ।सोमबार राती मेयरमा रामजी कुँवर र उपमेयरमा सञ्चारकर्मी सरस्वती गुरुङलाई टिकट दिने अन्तिम निर्णय गरेको छ ।

पत्रकार महासंघको कास्कीको केन्द्रिय पार्षद उपमेयरकी उम्मेदवार गुरुङ पोखराको रेडियो अन्नपूर्णकी सिनियर आरजे हुन् । उनी कास्की आवाज दैनिकको अध्यक्ष समेत हुन् । तमु धि नेपालको प्रथम उपाध्यक्ष गुरुङ्ग रोटरी क्लब अफ पोखरा मिड टाउनको कोषाध्यक्ष हुन् । उनी कांग्रेसको क्रियाशिल सदस्य एबं महिला संघको पनि क्रियाशिल सदस्य हुन् .