नेपालीकी छोरी म्युजिक भिडियो सार्वजनिक

Today Pokhara
0Shares

प्रेम रोकामगर
टाइगर्स फिल्मस् प्रा.लि.को प्रस्तुती राष्ट्रिय गीत “नेपालीकी छोरी” म्युजिक भिडियो एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक गर्नुहुँदै नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले हामी नेपाली संस्कृतिका धनी भएकै कारण यस्ता गीत संगीतको क्षेत्रमा योगदान गर्न सक्ने बताए ।

नेपालीकी छोरी म्युजिक भिडियो साँच्चिकै उत्कृष्ट रहेको भन्दै रानामगरले सफलताको शुभकामना व्यक्त गरेका थिए ।त्यस्तै विमोचन कार्यक्रममा म्युजिक भिडियोका निर्माता एवं गायिका राधा पुन, सामाजिक अभियन्ता भीम श्रीस, नेपाल मगर साँस्कृतिक संघका केन्द्रीय सचिव रुद्र सन्देश मगर, फोनिज कास्कीका अध्यक्ष एम.बी. आस्था, नेपाल मगर संघ, कास्कीका सदस्य बुद्धिमाया थापा मगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम रोका मगर, मोडल एवं मिस ग्लोबल एसियन नर्थ अमेरिकन २०१६ डान्स टप सिक्स सुनिता पुन, नेपाल पत्रकार महासंघ, कास्कीका सदस्य गीता राना मगर, फोनिज कास्कीका सदस्य छवी घर्ती मगर, नेपाल मगर साँस्कृतिक संघ,

 

कास्कीकी उपाध्यक्ष सरिता सारु मगरलगायतको उपस्थिति रहेको थियो । टाइगर्स फिल्मस् प्रालिका अध्यक्ष गोविन्द पुन मगरको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रमको सञ्चालन रुद्र श्रीस मगरले गर्नुभएको थियो भने स्वागत सुनिता पुन मगरले गरे ।

 

गायिका एवं निर्माता राधा पुनमगरको निर्माणमा, सुनिता पुन मगरलगायतको अभिनय रहेको नेपालीकी छोरी म्युजिक भिडियोको छायांकन एवं सम्पादन दानबहादुर श्रीसमगरको, शब्द तथा निर्देशन गोविन्द पुनमगर, संगीत चर्चित गायक तथा संगीतकार नविन रानामगरको रहेको छ भने स्वर चर्चित गायिका तारा श्रीस मगरको रहेको छ ।