नेपालमा कोरोना भाइरसको सङ्क्रमण दुई हजार ६ सय ३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ८४ हजार १ सय ३४ जनाकाे पिसिआर परिक्षण गरिएकाे छ ।
एक लाख २५ हजार ५ सय ६४ जनाकाे आरटिडी परिक्षण गरिएकाे छ । हाल क्वारेन्टाइनमा एक लाख ६१ हजार २ सय ६२ जनालाई राखिएकाे छ भने दुई ३ सय ३४ जना आइसोलेसनमा छन् ।
हालसम्म कोरोना भाइरसको सङ्क्रमण भएका २ सय ९० जना निको भएका छन् भने १० जनाकाे निधन भएकाे छ ।