विभिन्न पेशाकर्मी बिचको मैत्रिपूर्ण फुटबल प्रतियोगिता–२०७३ को दोस्रो दिनको फुटबल प्रतियोगितामा नेपालगन्ज मेडिकल कलेज २ गोलले बिजयी भएको छ ।
जिल्ला विकास समिति बाँके, जिल्ला खेलकुद विकास समिति, बाँकेको सहयोग तथा नागरिक समूह बाँकेको आयोजनामा २०७३ फाल्गुण १५ गते देखि १९ सम्म सञ्चालन हुने उक्त फुलबल खेलमा १६ गते भएको खेलमा नेपालगंज मेडिकल कलेज भर्सेज भुषाल इन्टरनेशनलसंग भएको खेलमा २–० ले बिजयी भएको छ ।
नेपालगंज मेडिकल कलेजको तर्पmबाट डा. खगेन्द्रले पहिलो गोल गरि शुरुवात गरेको थिए भने खेलको हाफ गेम नपुग्दै फेरी अर्को गोल गरी २–० ले जित हासिल गरेको बारे नेपालगंज मेडिकल कलेजका टीम म्यानेजर डा. रोमन किदवाईले जानकारी गराउनु भएको हो । यसै गरी खेलको क्रमा टीमका कप्तान डा. बिनोद कर्ण, उप–कप्तान तथा गोल कीपर डा. बिमर्श अधिकारी र स्ट्राईकर डा. संदीप गुरुङ्ग, डा. कपील शाही, डा. बिपिन महर्जन, डा. रुपेश राज भण्डारी लगायतले उत्कृष्ट खेलको प्रदर्शन गरेका थिए ।
टीमका सल्लाहकार डा. वैभव टण्डन, टीमका संयोजक रईस शाही तथा सहायक बीर बहादुर लगायतले सम्पूर्ण समय मैदानमा उपस्थित भई खेलाडीहरुको हौसला बढाएका थिए ।
नेपालगंज उद्योग वाणिज्य संघ, नेपाल बार एशोशियसन बाँके, बैंकर्स, सिप्रटी टे«डिङ्ग, निजामति कर्मचारी, प्याब्सन बाँके, बाँके निर्माण व्यवसायी संघ, रत्नलक्ष्मी इन्टरनेशनल, नेपाल पत्रकार महासंघ बाँके, जडिबुटी व्यवसायी संघ बाँके, होटल व्यवसायी संघ, जिल्ला खेलकुद विकास समिति, नेपालगंज मेडिकल कलेज, भुषाल इन्टरनेशनल र ल्ःक्च्ब् गरी जम्मा १५ टीमहरु सहभागी भएका छन् ।
Leave a Reply