नेजा सामुदायिक पत्रकारिता पुरस्कार शर्मालाई

नेजा सामुदायिक पत्रकारिता पुरस्कार शर्मालाई
0Shares

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दै आएको यस वर्षको नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव शर्मालाई प्रदान गरिएको छ ।

नेजाको अमेरिकामा सम्पन्न भएको १३ औ साधारण सभाको अवसरमा अग्रज पत्रकार किशोर नेपालले शर्मालाई पुरस्कार प्रदान गरेका हुन । पुरस्कारको राशी एक हजार एक सय ११ डलर र प्रमाणपत्र रहेको छ ।

शर्माले लेखेको अमेरिकाको ग्यास स्टोरमा जोखिम बन्दुकको निशानामा नेपाली शीर्षकको फिचर समाचारले सर्वोत्कृष्ट हुदै पुरस्कार जितेको हो । दर्जनौ प्रतिस्पर्धीमा उनको उक्त रिपोर्टिङले यस वर्षको नेजा पुरस्कार पायो । किरण मरहठ्ठा, होम लम्साल र ज्योति देवकोटाका रहेको छनौट समितिले शर्माको समाचारलाई उत्कृष्ट ठहराएको हो ।

अमेरिकाको टेक्ससमा बसेर पत्रकारिता गर्दै आएका शर्मा नेपालमा रहदा लामो समय कान्तिपुरमा आवद्ध भइ काम गरेका थिए । अहिले पनि स्वतन्त्र पत्रकारिता गर्दै आएका शर्माको युएसनेपालपोष्ट नामक अनलाइन पोर्टल समेत संचालनको तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *