पोखरा, असोज
नेपाल किड्नी फाउन्डेसन र ब्रिज अफ लाइफ डाभिटा भिलेज ट्रस्टको आयोजनामा सोमबार पोखरामा बृहत निशुल्क मृगौला परिक्षण शिविर, ल्याब टेस्ट तथा औषधी बितरण सम्पन भएको छ । शिविरमा ७ सय ५२ जनाले परिक्षण गराएको कार्यक्रम संयोजक लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वान जोन ३३ का चियरपर्सन एमजेएफ लायन मिलन थापाले जानकारी दिए । जोन ३३ अन्र्तगतका क्लबहरु लायन्स क्लब अफ पोखरा सेती गण्डकी, लायन्स क्लब अफ पोखरा
चौतारी, लायन्स क्लब अफ पोखरा टुरिजम सिटी र लायन्स क्लब अफ पोखरा स्टक को स्थानिय ब्यवस्थापनमा बृहत निशुल्क शिविर भएको हो ।
शिविरमा नेपाल किड्नी फाउन्डेसनका मृगौला बिशेषज्ञ डा. शक्ति बस्नेतको नेतृत्वमा १४ जनाको प्राविधिक टोली खटिएका थिए भने ब्रिज अफ लाइफ डाभिटा भिलेज अमेरिका बाट मृगौला बिशेषज्ञ डा.जोन बाल, डा. नासिर, ग्लोरिया अपचर्च, क्याटी चान्लरले सेवा प्रदान गरेका थिए । बिहान ९ बजे देखि शुरु भएको कार्यक्रमको उद्घाटन गर्दै लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका गर्भनर एमजेएफ लायन बालकृष्ण बुर्लाकोटीले कार्यक्रममा पर्वतका एकै घरका ५ मृगौला पिडित परिवारका लागि उठेको रु ३० हजार हस्तान्तरण गरेका थिए ।
पिडितका लागि निर्वतमान गर्भनर पिएमजेएफ लायन ध्रुबबहादुर थापाले रु. १० हजार, लायन्स क्लब अफ पोखरा सेती गण्डकीबाट रु. १५ हजार, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका निर्देशक लायन अर्जुन केसीबाट रु ३ हजार, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ्गले रु १ हजार तथा लायन्स पिस पोस्टर कमिटी चेयरपर्सन सुर्यनाथ कोइरालाले रु १ हजार प्रदान गरेका थिए । यसै विच अर्का मृगौला पिडित घनश्याम बरालका लागि निर्वतमान गर्भनर पिएमजेएफ लायन ध्रुबबहादुर थापाले रु. १९ हजार प्रदान गरेका छन् । उनले यस अघि चौंथो कन्भेन्सनमा बराललाई ब्यक्तिगत रु. २५ हजार प्रदान गरेका थिए भने सोमबार प्रदान गरिएको रकम चौंथो कन्भेन्सन उद्योगपति बिनोद चौधरीको आत्मकथा बिक्रीबाट नाफा रकम प्रदान गरिएको थापाले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका गर्भनर एमजेएफ लायन बालकृष्ण बुर्लाकोटीले लायन्सको मुल मर्म नै सेवाभाव भएकोले स्वास्थ्य सेवाका लागि शिविर राखेर राम्रो कार्य गरेको भनि प्रशंसा गरे । नेपाल किड्नी फाउन्डेसनका अध्यक्ष डा. शक्ति बस्नेतले मृगौला रोगका लक्षण, बच्ने उपाय, तथा दैनिकीमा ध्यान दिन पर्ने विषयका बारेमा बोलेका थिए । शिविरमा ६ जना नया मृगौला पिडित फेला परेको डा.बस्नेतले जानकारी दिए ।
स्थानिय ब्यवस्थापन संयोजक लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वान जोन ३३ का चियरपर्सन एमजेएफ लायन मिलन थापाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष बिश्व बिजुक्छेले धन्यबाद, लायन्स क्लब अफ पोखरा स्टकका प्रथम उपाध्यक्ष गोकुल रिमालले ध्वजाको अभिबादन तथा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका सचिब सन्जयकुमार मल्लले सञ्चालन गरेका थिए ।
Leave a Reply