निर्वाचनमा खटिने प्रर्यवेक्षकलाई अभिमुखिकरण तालिम

Today Pokhara
0Shares

स्वच्छ निर्वाचनका लागी नागरिक अभियानको आयोजनामा निर्वाचनमा खटिने पर्यवेक्षकलाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ । शनिवार पोखरा लेखनाथ महानगरपालिकाको तालचोकमा स्थानिय तहको निर्वाचनमा खटिने पर्यवेक्षकलाई निर्वाचन आचार संहिता, पर्यवेक्षकले पालना गर्नुपर्ने नियम, लगायतका विषयमा अभिमुखिकरण गरिएको हो ।अभिमुखिकरणमा इन्सेकका पश्चिमाञ्चल संयोजक शिव खकुरेलले निर्वाचन आचार संहिता, नेपाल मानव अधिकार संगठन कास्कीका उपाध्यक्ष एवं अधिवक्ता बिरेन्द्र बास्तोलाले निर्वाचन ऐन कानुन र पर्यवेक्षकले पालना गर्नुपर्ने विषयमा नेपाल मानव अधिकार संगठनका पश्चिमाञ्चल संयोजक नरेन्द्र बास्तोलाले सहजीकरण गरेका थिए ।

 

स्वच्छ निर्वाचनका लागी नागरिक अभियानका पश्चिमाञ्चल सह संयोजक नरेन्द्र बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, प्रशिक्षार्थीहरु विद्या शर्मा, पार्वती सिग्देल, रोसन अधिकारी, दिपक अधिकारी, कृष्ण प्रसाद ढुंगाना लगायतले वोलेका थिए ।बिरेन्द्र बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा सन्दीप ढुंगानाले स्वागत र हरिप्रसाद लामिछानेले धन्यवाद मन्तब्य राखेका थिए । अभिमुखिकरण कार्यक्रममा २७ जनाले सहभागीता जनाएका थिए ।