पोखरामा भएको राष्ट्रिय नारी साहित्य परिषद् नेपालको प्रथम राष्ट्रिय भेलाले भावना न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष शान्ति शर्मा, सचिव गौरी तमु, सहसचिव तारा पराजुली, कोषाध्यक्ष कल्पना खरेल र सहकोषाध्यक्षमा तारा केसी छन् ।
यस्तै, सदस्यमा अम्बिका भण्डारी, टीका सापकोटा, वादलदेवी चाम्लिङ, भवानी तिमिल्सिना, जयन्ति थापा सरगम र सन्ध्या रिजाल छन् । १ सदस्यपछि थपिने बताइएको छ । अग्रज गायिका हरिदेवी कोइरालाले महिला सशक्तीकरणका लागि पछिल्लो पुस्ता आशावादी रुपमा अघि बढेको बताइन् । उनले सम्भावनाका नयाँ क्षेत्र पहिचान गर्दै अधिकार र सिर्जनाको क्षेत्रका क्रियाशील हुनुपर्ने बताइन् ।
कार्यक्रममा साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’ले पनि बोलेकी थिइन् । सो अवसरमा सहभागी साहित्यकारहरुले रचनावाचनसमेत गरेका थिए । उनीहरुले शनिबार बिहान पोखराका प्रमुख पर्यटकीय स्थल भ्रमण गरेका थिए । भावना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अम्बिका भण्डारी र सञ्चालन गौरी तमुले गरेका थिए ।
Leave a Reply