नाटक ‘एक रुपैयाँ’ मञ्चनको तयारी पुरा ।

Today Pokhara
0Shares

छवि मगर

पोखरा १३, मंसीर ।

मंसिरको तेस्रो हप्ता पोखरामा मञ्चन हुन लागेको नाटक एक रुपैयाँको तयारी पुरा भएको छ । “नाटकको उत्थान हाम्रो अभियान” भन्ने उद्घोषका साथ पञ्चामृत नाट्य समुह पोखराले यही मंसिर १७ र १८ गते आफ्नो तेस्रो प्रस्तृतीका रुपमा पोखरामा मञ्चन गर्न लागेको नाटक एक रुपैयाँको तयारी पुरा भएको जनाएको छ । आयोजक पञ्चामृत नाट्य समुह पोखराले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १७ गते शुक्रबार र १८ गते शनिबार दुई दिन पोखरा उधोग बाणिज्य संघको सभाहलमा नाटक एक रुपैयाँ मञ्चन हुने जानकारी दिएको हो ।news-eka-rupaiyaa-pic

कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटक एक रुपैयाँमा दिल प्रसाद गुरुङ, परिवर्तन, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेशबाबु तिमल्सिना, विवश बाबु, निलम तामाङ, ममता कार्कीको अभिनय रहने छ । नाटकको सह–निर्देशन विष्णु प्रसाद गौतमले गरेका छन् भने प्रबन्धकमा उज्वल रेग्मी रहेका छन् । मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषीले लिएका छन् भने भेषभुषा र श्रृंगारमा दिपकमान उदास र कोरीयोग्राफि निलम तामाङले गर्ने नाटकका सयोजक तथा पञ्चामृत नाट्य समुहका अध्यक्ष परिबर्तनले जानकारी दिए । नाटकको संगित संयोजन दिल गुरुङ्ग र सुजित मान सिंहले गर्ने छन् भने नाटकमा उद्घोषकको जिम्मा बिष्णु बसौलाले लिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक परिबर्तनले नाटक एक रुपैयाँमा मनोरञ्जन भन्दा अभिनयलाई प्राथमिकता दिएका बताए । उनले भने “बाध्यताले कसरी मानिसलाई गलत कार्य गर्न उत्पेरित गर्दछ भन्ने कुरा नाटक मार्फत देखाउन खोजका छौँ । गाँउबाट शहर झरेका ४ जना युवती कसरी डान्सबारमा डान्स गरी दैनिक गुजारा गर्न बाध्य हुन्छन् भन्ने कुरालाई नाटक मार्फत पस्कने प्रयास गरेका छौँ”।

नाटकका लेखक तथा निर्देशक उदासीले आफ्नो मनोरञ्जनको लागि लाखौ रुपैयाँ खर्च गर्न सक्ने धनाड्य युवाहरु र आफ्नो अनि परिवारको भविष्य सुन्दर हुने अपेक्षाका साथ पैसाका लागि जे पनि गर्न तयार हुने युवतीको वास्तविक कथाको फ्युजन नाटक एक रुपैयाँ रहेको बताए । उनले केही नयाँ र अधिकांश पुराना कलाकारलाई देख्न पाइने बताउदै नाटकमा मनोरञ्जन कम र अभिनय बढी रहेको जानकारी दिए । यस नाटकमा नबिन शिल्प र शैलीको प्रयोग गरीएको भन्दै बिगतका नाटकमा भएका कमि कमजोरीलाई सुधार्दै अगाडी बढेको बताए ।

नाटकको मंसिर १७ गते शुक्रबार र १८ गते शनिबार दिउँसो ३ः३० बजे समान्य सो मञ्चन हुने छ भने शनिबार ११ बजे बिधार्थी सो मञ्चन हुने आयेजकले जानकारी दिएको छ । बिधार्थी सो का लागी टिकट दर रु १०० र अन्य सामान्य सो का लागी रु २००, ५०० र १००० कायम गरीएको बताइएको छ । यस अघि पञ्चामृत नाट्य समुहले गत बैशाखमा नाटक पुलिस र प्यास मञ्चन गरेको थियो भने भदौमा नाटक मौसम हराएको देश सफलता पुर्बक मञ्चन गरीसकेको छ । समुहले छिटै नै पोखरामा अर्को नाटक पनि मञ्चन गर्ने तयारी गरेको जनाएको छ । पञ्चामृत नाट्य समुहले पोखरामा नाटकघर निर्माण गर्ने लक्ष्य पनि राखेको छ ।