भित्तो खसेर पुर्दा एकै घरका ४ बालबालिकाको मृत्यु भएको छ ।

0Shares

पोखरा, २३ भदौ

गएराती परेको भारी वर्षापछि घरपछाडिको भित्तो खसेर पुर्दा एकै घरका ४ बालबालिकाको मृत्यु भएको छ । कास्कीको लेखनाथ नगरपालिका ४ खरानीफाँटस्थित चन्द्रकली बिकको घरको कोठा पहिरोले पुरिँदा उनका १४ वर्षीय छोरा निशान सुनार, ९ र ७ वर्षकी छोरीहरु रजिना र अन्जीला सुनार र ३ वर्षको नाति सलमान तामाङको मृत्यु कास्कीका प्रहरी प्रवक्ता गुजुसिद्धि ब्रजार्चायले जानकारी दिए ।

बुधबार राति साढे ११ बजे घरपछाडिको भित्ताबाट जमिन खसेर उनीहरु सुतेको घरको एउटा कोठा पुरेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रवक्ता ब्रजाचार्यले जानकारी दिए । चन्द्रकलीका १० वर्षीया छोरी सविना र २५ वर्षीया छोरी कविता घाइते भएका छन् । उनीहरुको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । चन्द्रकलीका श्रीमान् किर्तबहादुर सुनारलाई मंगलबारमात्रै साउदी उठाउन काठमाडौ गएर पोखरा फर्केकी थिइन् ।

पोखराबाट नाति तामाङ बुधबारमात्रै पोखराबाट हजुरआमाको साथ लागेर मामाघर गएका थिए । अर्को कोठामा सुतेका ३ जनालाई सकुशल उद्धार गरिएको थियो । स्थानीयले झ्याल फुटाएर उनीहरुको उद्धार गरेका थिए । चन्द्रकलीको ३ कोठाको ब्लकको घर थियो । घरभित्र ९ जना थिए .

Leave a Reply

Your email address will not be published. Required fields are marked *