नवौ लिटिलस्टेप छात्र–छात्रा ह्याण्डबल पोखरामा जारी

लिटिल स्टेप माध्यमिक विद्यालय, पोखरा– ८ द्वारा आयोजित “नवौ लिटिल स्टेप छात्र–छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता” पोखरामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा छात्रा तर्फ एकता माबीले पिकेजी माबीलार्ई १–७ गोल अन्तरले पराजित गरेको छ ।

विभिन्न विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुको उक्त प्रतियोगितामा सहभागिता रहेको छ । विद्यालयकी सस्थापक प्रिन्सिपल पम्फा गुरुङका अनुसार २६ विद्यालयका २७ छात्र र १६ छात्र टिम गरि ४३ टिमले प्रतिष्पर्धा गरिरहेकाछन ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेवी पुनले नीजि विद्यालयले यस्ता खेलको आयोजना गरेर खेलकूदका माध्यम द्वारा भाइचारा स्थापित गर्न सहयोग पु¥याएकोमा विद्यालयलाई धन्यबाद दिइन । उनले प्रदेश सरकारले खेलकुदलाई स्वास्थ्य संग पनि जोडेर अगाडी बढाएकोले खेलकुदको विकासलेनै प्रदेशमा स्वस्थ्य नागरिक उत्पादन हुन सक्ने बताइन ।

सो अबसरमा गण्डकी प्रदेश सांसद मोहन रेग्मीले निजी क्षेत्रले खेलकुदको बिकासमा पु¥याएको योगदानको चर्चा गर्दै ह्याण्डबल खेलको लोकप्रियता संगै निरन्तरताले खेलाडी उत्पादनमा थप सहयोग पुग्ने बताए । कार्यक्रममा नेपाल ह्याण्डबल संघका अध्यक्ष नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङले सभ्य र अनुशासित भएर खेल खेल्न अनुरोध गर्दै साना साना भाई–बहिनिहरुलाई खेलको अवसर प्रदान गरेकोमा विद्यालयको प्रशंसा गरे ।

विद्यालयका संस्थापक शेर बहादुर गुरुङका अनुसार भदौ ११ गते सम्म संचालन हुने प्रतियोगिता नक आउटका आधारमा खेलाइएको छ । प्रतियोगितामा दुबै छात्र र छात्रा तर्फ प्रथम, द्वितिय र तृतिय हुने टिमलाई क्रमश नगद १०, ७ र ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिनेछ ।