नवगठित नेविसंघ ः तत्काल क्षेत्रीयअधिवेशन र करको विरोधमाप्रदर्शन गर्ने

नेपालविद्यार्थी संघ कास्कीको वैधानिककार्यसमितिदाबीगर्दै सभापतिविकास थापा नेतृत्वको कार्यसमितिले कार्यसम्पादन शुरु गरेको छ ।

सभापतिको रुपमाथापाले आईतबार चिप्लेढुंगास्थित नेपालीकाँगे्रसको पार्टी कार्यालयमापहिलो बैठक डाके । नेविसंघका केन्द्रिय सभापतिनयनसिंह महरले कास्कीको नेतृत्वदिएसंगै थापाले नेपालीकाँग्रेस सम्बद्ध थुप्रै विद्यार्थी नेताहरुलाई आफ्नो कार्यसमितिमा समेटेका छन् । उनले बैठक आह्वानगर्दै ४१ सदस्यीयकार्यसमिति समेत सार्वजनिक गरे ।

उनले कास्कीमा रहेका ३ वटै क्षेत्रमा समेत नेविसंघको नेतृत्वतोकेको बैठकको क्रममाजानकारी दिए । उनले क्षेत्र नम्बर १ मा सागर रानाभाट, २ मा सन्देश पराजुली र ३ मामहादेव गिरीलाई नेविसंघको क्षेत्रीय सभापतिको रुपमाचयनगरिएको बैठकमा जानकारी गराएकाथिए । साथै उनले एक महिनाभित्रमाआ–आफ्नो क्षेत्रमाअधिवेशनबोलाउन क्षेत्रीय सभापतिहरुलाई निर्देशन समेत दिएका छन् ।

आईतबार भएको पहिलो बैठकमा नेविसंघका केन्द्रिय सहमहामन्त्रीलक्ष्मीभक्तखनालले थापा नेतृत्वको नेविसंघको जिल्लाकार्यसमितिलाई बधाई दिए ।

त्यस्तै नेविसंघ कास्कीकापुर्व संयोजकतथा नेपालीकाँग्रेसका नेता सुवास कोईरालाले कास्की नेविसंघमा देखिँदै आएको खिचातानीनयाँ टिम आएसँग सकिने विश्वास व्यक्त गरे । ‘पार्टीभित्रै एकले अर्कालाई साथ र सहयोग गर्दै जाने हो । यो टिमलाई पनि धेरैले अनेकथरी दबाबदिन सक्छन् । तर वैधानिकतापाएको यो टिम कुनै खाले दबाबसँग नडराओस् ।’ कोईरालाले भने । कोईरालाले कास्कीको नेविसंघमा रहेको बेथिती हटाउन विकास थापासहितको टोलीअब्बलहुनुपर्नेमाजोड दिए ।

कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्यगोपाल गुरुङ, देवकृष्ण पराजुली, नेविसंघ कास्कीकापुर्व वरिष्ठ उपाध्यक्षतारानाथअधिकारी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममानवगठित कार्यसमितिकासचिवसँघर्ष कोईरालाले स्वागत गरेकाथिएभने अर्का सचिव राजेन्द्र क्षेत्रीले कार्यक्रम संचालन गरेकाथिए ।

त्यसैगरि आईतबार बसेको नवगठित नेविसंघ कास्कीको पहिलो बैठकले आगामी ५ गते सरकारले लगाएको जथाभावी करको विरोध गर्दै पोखरा महानगरपालिका परिसरमाप्रदर्शन गर्ने निर्णय गरेको छ ।