नमुना गाउँ भुक देउराली

 

प्रचार प्रसारको कारण ओझेलमा परेको पर्वतको उत्तरी भेगमा रहेको भुक देउराली गाउमा पर्यटक भित्रयाउनका स्थानिय स्तरमाबाटै नमुना गाउ घोषणा गरिएको छ । स्थानिय युवाहरुको पहलमा अन्नपूर्ण हिमालको काखमा रहेको पर्यटकीय गाउ भुक देउरालीलाई गुरुङहरुको महान पर्व ल्होसारको अवसर पारी नमुना गाउ घोषणा गरिएको हो ।
गाउबाट मानिसहरु बसाइसरी शहर झर्ने क्रम वढ्दो रहेतापनि भुक देउरालीका मानिसहरुभने यतिवेला पुन गाउमै बिकास गरी पुनस्र्थापना गराउने उद्देश्यले भुक देउरालीमा जन्मथलो भइ हाल कामको शिलशिलामा अमेरिका, बेलायत, हङकङ, जापान, काठमाण्डौ र पोखरा बसोवास गर्ने युवाहरुले रहेका युवाहरुले भुक देउराली युनाइटेड गु्रप निर्माण गरी गाउमा बिकासका कामहरु गरी नमुना गाउको रुपमा अगाडी वढाएका हुन ।
भुक देउरालीका पञ्चकाजी गुरुङले एक वर्ष अगाडीदेखि आफु बेलायतमा रहेको वेलामा गाउको बिकास कसरी गर्न सकिन्छ भनी कल्पना गरी काम शुरु गरी ठीक एकवर्ष भित्रमा गाउलाई नमुना गाउको रुपमा घोषणा गर्न पाउदा निकै खुसी लागेको वताए । आफु जन्मेको ठाउ पर्यटकीय सम्भावना भएतापनि गाउबाट बसाइसर्ने क्रम वढ्न थालेपछि स्थानिय स्तरमै गाउको बिकास गरी आफ्नो गाउलाई नमुना गाउ बनाउनुपर्छ भन्ने उद्देश्यले आफुहरु अगाडी वढेको र सफल भएको गुरुङको भनाइ रहेको छ ।
अन्नपूर्ण हिमालको काखमा रहेको ढुंगै ढुङगाको छानो भएको एकैनाशको घरहरु, मौलिकता झल्कने झ्यालढोका भएका पुराना घरहरुले जो कोहीलाई पनि आकर्षित गर्न सक्ने भएतापनि अझैसम्म कोही कसैको नजर पुग्न नसकिरहदा भुक देउराली नमुना गाउ घोषण भएसंगै भुक देउराली बासी यतिवेला हर्षित बनेका छन । विदेशमा काम गर्ने युवाहरुले भुकदेउराली युनाइटेड गु्रप निर्माण गरी आफ्नो गाउलाई विश्वसामु चिनाउनका लागी नमुना गाउ घोषणा गरी पर्यटकीय गन्तब्य बनाउन लागी परेका हुन । चार नम्बर प्रदेशकै पैदल यात्रा पुन हिल क्षेत्र जाने बाटो बिरेठाटी , नजिकै रहेको भुक देउराली गाउका बासिन्दाहरु आफ्नो सुन्दर गाउलाई नमुना गाउको रुपमा चिनाउनका लागी यतिवेला आत्तुर रहेका छन ।
भुक देउराली युनाइटेड गु्रपको सहयोगमा पुरानो संरचनाहरुलाई संरक्षण गर्दै भुक देउराली गाउमा सार्वजनिक शौचालय, सामुदायिक भवन, तथा खेलमैदानहरुको निर्माण सम्पन्न भइसकेको बताउदै सुपरिबेक्षक समेत रहेका चिजकाजी गुरुङले प्रचारप्रसारकै कमि रहेको बताउछन । साथै पर्यटकहरु भित्रिने खालको बाताबरण तय भैसकेकोले पनि नमुना गाउमा आवश्यक मात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिनेमा गाउबासी आशाबादी रहेको गुरुङको भनाई छ ।
प्राकृतिक छटाले भरिपूर्ण भुक देउरालीबाट अन्नपूर्ण हिमश्रृङखला, वारिपारिका पर्यटकीय गाउहरु झिलीबराङ, लप्सीबोट लगाएतका गाउहरु संगै गुरांस फुल्ने सिजनमा विभिन्न थरीका रंगीविरंगी फुल, डांफे मुनाल, चितुवा, मृग, कालिज समेत नजिकैबाट नियाल्न सकिने भएकाले यो गाउको बिकासका लागी आफुहरुले पहलकदमी सुरु गरेको भुक देउराली गाउ सुधार समितीका अध्यक्ष लेफ्टिनेन्ट राम बहादुर गुरुङले वताए ।
स्थानिय युवाहरुको पहलमा स्थानिय स्थरमा मात्रै नमुना गाउको रुपमा घोषणा भएतापनि आवश्यक मात्रामा पर्यटक भित्राउनको लागी भने सरकारी निकाय बाटै पर्यटन पर्बद्धनका लागी पहल कदमी चाल्नुपर्ने आवश्यक देखिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने मुख्य पर्यटकीय पदमार्ग घोडेपानी र पुन हिल जाने बाटो यही भुक देउराली गाउको नजिकै भएर जांदापनि भुक देउराली गाउमा पर्यटकको पाइला पुग्न नसकिरहदा नमुना गाउ घोषण संगै पर्यटन आवागमनमा केही हुने होकी भन्ने स्थानियले चासो दिन थालेका छन । नयापुल भमरकोट उल्लेरी हुदै घोडेपानी पदमार्ग खुलेको भएतापनी आफैमा सुन्दरताले भरिपूर्ण भएको भुक देउरालीमा अझैसम्म आन्तरिक तथा बाह्य पर्यटक भित्रिन नसक्दा स्थानिय चिन्तित समेत बनेका छन । स्थानियबासीले नेपाल पर्यटन वोर्ड संग पटक पटक आफ्नो गाउको प्रचार प्रसार गर्न आग्रह गर्दापनि आफुहरुको आग्रहलाई वेवास्ता गरेको स्थानिय भुक देउराली युवा क्लवका अध्यक्ष टेक बहादुर गुरुङ वताउछन ।
एकै नासको ढुङगाको छानो भएको घर , गुरुङ संस्कृति मनोरम हिमश्रृङखला, वरिपरि ढकमक्क फुल्ने रंगी चंगी गुरांसे जंगल, डांफे मुनाल संगै रमाउन पाइने भुक देउराली गाउ साच्चिकै ओझेलमा परेको गाउका रुपमा चिनिन्छ , गाउको बारेमा केही गीतहरु बनेको भएतापनि यो गाउको वारेमा त्यति प्रचार प्रसार हुन नसकेकै कारण पर्यटकीय गतिविधी सञ्चालन हुन नसकेको अवस्थामा भर्खरै नमुना गाउ घोषणा भएपश्चात स्थानियहरु यतिवेला आफ्नो गाउमा पर्यटकको आवागमनको पर्खाइमा रहेका छन । पुनहिल, घोडेपानी पदयात्रा अन्तर्गत पर्ने लामद्वालीको बाटो खोला खोला हिड्ने बाटोबाट केही दृश्यहरु अवलोकन गर्न नसक्ने भएको वताउदै आफ्नो गाउबाट प्राकृतिक सुन्दरताले भरिपुर्ण क्युवि छहारा, भेडी गोठको अवलोकन गर्दै पुनहिल जान सकिने भएकाले पर्यटकको सम्भावना बोकेको गाउको रुपमा रहेको भुक देउराली गाउ सुधार समिती अध्यक्ष क्याप्टेन राम बहादुर गुरुङ वताउनुहुन्छ ।
प्रदेश नं ४ लाई नेपालको अन्य प्रदेशहरु भन्दा हरेक स्तरबाट सम्भाबनै सम्भावना बोकेको प्रदेश मान्न सकिन्छ । पर्यटन, कृषि तथा उर्जाको पक्षमा प्रचुर सम्भावना रहेको प्रदेश नं ४ मा ११ जिल्ला रहेका छन नबलपुर देखी मुस्ताङ सम्म फैलीएर रहेको भौगालिक संरचना पनि प्रदेश नं ४ को सकरात्मक पक्ष हुन । जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिने गरेको पाईन्छ ।
कतिपय बाह्य पर्यटकहरु हिमश्रङखलाको मनोरम दृश्य हेर्न भित्रिने गर्छन भने अन्य पर्यटकहरु साहसिक खेल खेल्नका लागी आउने गर्छन । पर्यटकिय गन्तव्यको केन्द्रबिन्दुको रुपमा पोखरा सँगै पछिल्लो समयमा सिङगो प्रदेश नं ४ लाई नै लिने गरेको पाईन्छ । आफ्नै प्रकारका अस्तित्व रहेको यस प्रदेशमा पर्ने घान्दु्रक लगायतका गुरुङ गाउहरु जस्तै सम्भाबना बोेकेको पर्बतको मोदि गाउपालिका वडा नं १ भुक देउराली पनि हो तर प्रचारप्रसार सँगै केही समस्याका कारण आवश्यक मात्रामा पर्यटकहरु भित्रिन सकेका छैनन ।

गाउँघरको खाली जग्गा जंगलमा परिणत हुन थालेपछि पर्वतका युवाहरुले खाली जग्गामा कृषि र पशुपालन गर्न थालेका छन । पर्वत मोदी गाउपालिका वडा नम्बर १ का युवाहरुले खाली जग्गालाई सदुपयोग गर्दै अलैची खेती र बाख्रापालन गरी गाउमा जंगलमा परिणत हुन लागेको जग्गाको सदुपयोग गर्न तर्फ लागी परेका हुन ।
वैदेशिक रोजगारको क्रममा विदेशमा सिकेको सीपलाई सदुपयोग गरी याम बहादुर गुरुङले भुक देउराली बाख्रा पालन केन्द्र नाम दिएर ब्यवसायिक बाख्रापालन सुरु गरेका हुन । हाल आफु वेलायत बसोवास गर्ने भएतापनि गाउमा खेर गएको जग्गालाई सदुपयोग गरी गाउका युवालाई स्वरोजगार बनाउनका लागी उनले बाख्रापालनको सुरुवात गरेका हुन । झण्डै ८ महिना अगाडी सुरु भएको बाख्रा पालनमा हाल माउ र बच्चा गरी ८० वटा बाख्रा रहेका छन । १० वर्ष वेलायत बसोबास गर्ने क्रममा आफुले बाख्रा पालन सम्बन्धी तालिम लिएको र सोही तालिमबाट बाख्रा पालन गर्ने इच्छा जागेर आफ्नै गाउमा बाख्रापालनको शुरुवात गरेको याम बहादुर गुरुङ बताउछन ।
स्थानिय प्रजातिको खरी बाख्रालाई जमुनापारी जातको बोका मार्फत क्रस गरी निकालिएको उक्त फर्ममा खरी र जमुनापारी प्रजातिका बाख्रा रहेका छन । उक्त फर्ममा जापान बसोवास गर्ने अमृत गुरुङ र भुक देउरालीका श्री प्रसाद गुरुङ र तेजमान गुरुङको लगानी रहेको छभने चार जनाले प्रत्यक्ष रोजगार पाएका छन ।
गुरुङ जस्तै अर्का युवा कुलमान गुरुङले बाझो फर्किएको जमिनलाई प्रयोगमा ल्याउदै ७० रोपनी जग्गामा अलैची खेती गरेका छन । विदेशमा लामो समय बसेर आएका उनले आफ्नो पुर्खाले खेतीपाती गरेको जग्गा पछिल्लो समय जंगलमा परिणत हुन लागेपछि ७० रोपनी जंगलमा अलैची खेती गरेका हुन । गाउमा खेतीयोग्य जमिन जंगलमा परिणत हुनुभन्दा केही हदमा भएपनि अलैची खेतीबाट गाउमा भएका युवालाई रोजगार प्रदान गरिन सकिने र अलैचीबाट राम्रो आम्दानी लिन सकिने भएकाले आफुले अलैची खेती गरेको वताए ।
गुरुङले बांझो रहेको अन्य जग्गाहरुमा आगामी दिनमा अलैची खेती संगै कागती खेती समेत गरिने वताए । उनले बिदेशमा बसेर गरिने दुख भन्दा आफ्नै गाउमा खेर गएको कृषि योग्य भुमिबाट विभिन्न किसिमका खेतीपाती गरेर मनग्य आम्दानी गर्न सकिने समेत वताउछन ।
त्यसैगरी भुक देउराली धार्मिक हिसावले पनि त्यत्तिकै महत्वपूर्ण रहेको यहा रहेको भमरकोट र नेखोल बराह संगै यो क्षेत्रमा रहेका भेडीगोठ पर्यटकका लागी नया गन्तब्य हुन सक्ने भुक देउराली युवा क्लवका अध्यक्ष टेक बहादुर गुरुङ वताउछन । गुरुङ भन्छन भुक देउरालीको प्रचार प्रसार हुन नसक्दा पर्यटकीय गतिविधी हुन सकेन । नजिकैको गाउबाट आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन वढ्दो मात्रामा भएतापनि हाम्रो गाउ पर्यटकीय गतिविधी सञ्चालन हुन सकेन । आगामी दिनमा गाउलाई विश्वसामु चिनाउनका लागी नमुना गाउ घोषणा गरिसकेको अवस्थामा पर्यटकलाई लक्षित गरी ५ वटा घरमा होम स्टे सञ्चालन गर्ने समेत गुरुङ बताउछन ।
यी दुइ गुरुङले जस्तै अन्य युवाहरुले पनि वैदेशिक रोजगारमा जान भन्दा आफ्नै भुमिमा कृषि तथा पशुपालन गर्न सक्ने हो भने स्वदेशमै बसेर आफ्नै परिवारको साथमा रमाउदै मनग्य पैसा कमाउन सकिनेछ । तर यस्ता कार्यको पर्वद्धन गर्न भने सरकारी स्तरबाटै लाग्नुपर्ने देखिन्छ ।