‘नत्र सबै हिरो भइहाल्थे नि’

0Shares

सानैदेखि फिल्मको हिरो बन्ने रहर पालेका विश्वास गुरुङ सेतो पर्दामा साँच्चै हिरोको रोलमा देखिए । हेर्दा पनि उत्तिकै ह्याण्डसम विश्वासमा जागेको आत्वविश्वासले पनि हिरो बन्न सघायो । जुनीजुनी, म्हो, तिमि नभए, पूरानो डुंगा र कुटुम्बेरी साईनो लगायत फिल्ममा अभिनय गरिसकेका विश्वाससँग पोखरा प्लसका लागि मनोज घर्तीमगरछवि मगरले गरेको अन्तरंग कुराकानी ।
कलाकारितामा किन लागियो ?
सानैदेखी फिल्ममा देखिने एउटा रहर थियो । उमेर बढ्दै गएपछि कसरी फिल्ममा लाग्ने भन्नेमा अलमल थिएँ । त्यतिबेलै आदरणीय गुरु डिबि गुरुङ र गुरुङ फिल्मका मियो माओत्से गुरुङले फिल्ममा पहिलो पटक ठाउँ दिनुभयो ।

पहिलो फिल्म कुन हो र त्यसमा अभिनय गर्दा कस्तो अनुभूती भयो ?
माओत्से गुरुङको निर्देशनमा बनेको ‘जुनीजुनी’ हो । आफूले फिल्म हेर्दा जति सजिलो होला भन्ने लाग्थ्यो । त्योभन्दा धेरै गाह्रो रैछ पर्दामा काम गर्न । केही कुरा निर्देशकले भन्नुभएको थि यो । उहाँले सिकाउनु भएको थियो । निर्देशकले धेरै कुरा सिकाए पनि स्पटमा काम गर्दा सजिलो हुने कुरै भएन । नितान्त फरक अनुभूती भयो । एकै पटक क्यामेरा अघि बसेर काम गर्दा के– हो के जस्तो लागेको थियो । कलाकारितामा लाग्ने रहरले फिल्ममा अभिनय गर्न गाह्रो भएन ।
कतिवटा फिल्म खेल्नुभयो ?
जुनीजुनी, म्हो, तिमि नभए, पूरानो डुंगा र कुटुम्बेरी साईनो ।
केही समय फिल्म खेल्ने अनि हराउने रोग छ नी ?
त्यो त पटक्कै पनि होइन । म गुरुङ फिल्म गरेर, नेपाली फिल्ममा पनि जम्ने रहर छ । कुनै कारणवश परदेश जाने अवस्था आइलागे जहाँ हुन्छु त्यहाँबाट कलाकारिता गरिरहनेछु ।
गुरुङ फिल्ममा जो पनि हिरो हुन थाले, हिरो बन्न सजिलो छ ?
सजिलो त पक्कै छैन । तर, बजारमा मान्छेले गलत तरिकाले हल्ला चलाउँछन् । मान्छेले जसरी सजिलै भन्छन् नि त्यस्तो सजिलो छैन । केही व्यक्ति निश्चित समयका लागि फिल्ममा आउँछन् हराउँछन् । तर, भनेजस्तो सजिलो छैन । नत्र त सबै हिरो भइहाल्थे नि ?
फिल्ममा लागेर पेट पाल्ट सकिन्छ ?
व्यवसायिक तरिकाले लाग्ने हो भने नहुने भन्ने कुरा छैन । सम्भवत गुरुङ फिल्ममै लागेर पेट पाल्नै सक्छु भन्ने मेरो दाबी छैन । तर, म गुरुङ फिल्ममा मात्रै होइन नेपाली फिल्ममा पनि लाग्ने योजनामा छु । कलाकारिता राम्रोसँग गर्ने हो भने मनग्य नकमाए पनि भातै खान ‘नत्र सबै हिरो भइहाल्थे नि’
फिल्म क्षेत्रमा लाग्न चहाने नव प्रतिभालाई केही सुझाव छ कि ?
मैले पनि फिल्ममा छिरेपछि धेरै ठक्कर खाएँ । फिल्म क्षेत्रमा आउनु छ, कलाकारितामा लाग्नु छ भने यसबारे बुझेर, जानेर, सिकेर मात्रै लाग्दा राम्रो हुन्छ भन्ने कुरा मेरो अनुभवले सिकाएको छ । मैले पनि सुरुमा केही नसिकेर एक्कासी आएको हुँ । यहाँबाट धेरै कुरा सिके । पहिल्यै नै कलाकारिता सिकेर, बुझेर आएको भए मलाई एसजिलो हुन्थ्यो ।
सानोमा कत्तिको हिरो बन्न मन लाग्थ्यो ?
फिल्म हेर्दाखेरी म पनि यस्तै हिरो बन्न पाए भन्ने लाग्थ्यो । अहिले फिल्ममा अभिनय गर्दा त्यो रहर पूरा भएको छ । साथीभाईले पनि सानोमा हिरो बन्ने भन्थिस् आखिर बनेरै छाडिस् भन्दा मजा लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *