दोस्रो भिमकालीकपमा बिहिबार देखि दोस्रो चरणका खेलहरु

टुडे पोखरा संवाददाता
0Shares

पोखराको पुरानो टुडिखेलमाजारी दोस्रो भिमकाली सेभेन ए साईड कपमाबिहिबार देखि दोस्रो चरणका खेलहरु सञ्चालनहुने भएको छ ।
बुधबार सम्पन्नभएको पहिलो चरणको ८ खेलबाट फेदि फुटबल क्लब, बि.वाई.सि बसपार्क, समर जुन, लेकसाईड फुटबल क्लब, शुक्ला गण्डकी फुटबल क्लब, टि नाईन स्पोर्टस् ,सँगम फुटबल क्लब र घैरी युनाईटेड बिजयीभएको छ ।
बुधबार सम्पन्नभएको पहिलो खेलमा जे.वाई.सि क्लबलाई २–१गोल अन्तरले हराउदै फेदि फुटबल क्लब अघिल्लो चरणमा प्रबेश ग¥यो ।

दोस्रो खेलमाबि.टि क्लबलाई ३–० गोल अन्तरले पराजितगर्दै के.बि बि.वाई.सि बसपार्कले दोस्रो चरणको लागी स्थानबनायो ।
प्रतियोगिताको तेस्रो खेलमाशान्ति टोललाई ५–१ को फराकिलोगोल अन्तरले पराजितगर्दै समर जुनबिजयीभयो ।
त्यसैगरीचौथो खेलमा७–० को फराकिलो गोल अन्तरले दाउड क्लबलाई लोकसाईड फुटबल क्लबले पाखालागायो ।
प्रतियोगिताको पाचौ खेलमामर्दी फुटबल क्लबलाई ३–२ गोल अन्तरलेहराउदै शुक्ला गण्डकी फुटबल क्लब दास्रो चरणको लागी स्थानबनायो ।
छैटौ खेलमा टि नाईन स्पोर्टस्ले लामाब्वाईजलाई ६–१गोल अन्तरले पराजितग¥यो ।
टि नाईन स्पोर्टस्को जितमा नरेश केसीले सर्बाधिक ५ गोलको योगदान गरे ।
प्रतियोगिताको सातौ खेलमासँगमक्लबलेभि.वाई.सि क्लबलाई २–१गोल अन्तरले पाखालगायो ।
त्यसैगरी अन्तिम खेलमाए.वाई.सि लाई१–० गोल अन्तरले घैरी युनाईटेडले पराजितगर्दै दोस्रो चरणमा प्रबेश गरेको खेल संयोजकमनोज श्रेष्ठले बताए।

श्रेष्ठकाअनुसार बिहिबार देखी दोस्रो चरणका खेलहरु हुनेछन ।
आगामी२५ गते फाईनलहुनेप्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु १ लाख २५ हजार प्राप्तगर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु ७५ हजार प्रदानगरिने आयोजकले जनाएको छ ।