दोश्रो बिरेन स्मृती १२ औ बिटी कपको उपाधी संगमलाई

टुडे पोखरा संवाददाता
0Shares

बुद्धटोल युवा क्लवले आयोजना गरेको दोश्रो बिरेन स्मृती १२ औ बिटी कपको उपाधी संगम फुटवल क्ववले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा संगम फुटवल क्लवले तारा फुटवल क्वललाई १–० गोल गरी दोश्रो बिरेन स्मृती १२ औ बिटी कपको उपाधी चुम्न सफल भएको हो । खेलको दोश्रो हाफको पांचौ मिनेटमा संगमका जर्सी नम्बर ३ का खेलाडी खेलाडी बिमल बस्नेतको गोल नै निर्णायक गोल हुन पुग्यो ।

उपाधी संगै संगमले १ लाख २१ हजार १ सय ११ नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्न सफल भयो भने उपबिजेता तारा फुटवल क्लवले नगद ७० हजार १ सय ११ नगद , ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । शनिवार सम्पन्न सेमी फाइनलमा संगम फुटवल क्लवले बिष्णुपादुका हेम्जालाई १–० गोल गर्दै फाइनलमा प्रवेश गरेको थियोभने तारा फुटवल क्लवले बी १३ बांझापाटनलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगिताको फाइनल खेलमा म्यान अफ दी म्याच संगम फुटवलका जर्सी नम्बर ३ बिमल बस्नेतले हात पारे । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी संगम फुटवल क्वलका देव प्रसाद गुरुङले हात पारे । उत्कृष्ट मिड फिल्डरको उपाधी संगम फुटवल क्वलका टंक प्रसाद गुरुङले हात पारे । सर्वाधिक गोल कर्ताको उपाधी खेल अवधिभर ७ गोल गर्न सफल तारा फुटवल क्लवका शुसिल लामाले हात पारे । उत्कृष्ट गोल रक्षकको उपाधी संगमका गोल रक्षक हित कार्कीले हात पारे ।

उत्कृष्ट डिफेन्सको उपाधी संगमका अन्जन देवकोटाले हात पारे । फेयर प्लेको उपाधी विष्णुपादुका फुटवल क्लवले हात पार्न सफल भयो । प्रतियोगिताका बिजेताहरुलाई प्रदेश सभा सांसद दिपक कोइराला, बुद्धटोल युवा क्लवका अध्यक्ष बिजया गुरुङ, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, नेपाले खलक कास्की भिचुक ७ का अध्यक्ष तथा स्वर्गीय बिरेन गुरुङका बुवा पदम बहादुर गुरुङ , राष्ट्रिय माविका प्रध्यानाध्यापक वेद प्रसाद वस्ती लगायतले पुरस्कार वितरण गरेक थिए ।