बुद्धटोल युवा क्लवको आयोजनामा आइतबारदेखि शुरु भएको दोश्रो बिरेन स्मृती कप तथा १२ औ बिटी कपमा आयोजक बिटी ब्लुले बिजयी शुरुवात गरेको छ । आइतबार पोखरा टुडिखेलमा सम्पन्न उद्घाटन खेलमा बिटी ब्लुले याम्दी एफ सीलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो ।
आइतबार दोश्रो खेलमा इन्द्रेनी एफ सीले घाचोक एफ सीलाई ५–१ को फरक गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । आइतबारको अन्तिम खेलमा एन सी एस एम कस्केरी र हेम्जा एघार बीचको खेलमा निर्धारित समयमा १–१ गोलको बरावरीमा सकिएपछि ट्राइबेकरमा हेम्जा एघारले एन सी एस एम कस्केरीलाई ३–२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश पायो ।
सोमबार बिटी कपमा ९ खेल हुनेछन । ४५ टीम सहभागी प्रतियोगितामा प्रथम हुनेले १ लाख २१ हजार १ सय ११ र दोश्रो हुनेले ७० हजार एक सय एघार, मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ।
आइतबारबाट शुरु भएको दोश्रो बिरेन स्मृती कप तथा १२ औ बिटी कपको उद्घाटन गर्दै प्रदेश सभाका सभासद बिन्दु कुमार थापाले क्लवहरुको आयोजनामा हुने खेलकुद प्रतियोगिताले युवाहरुबीच आपसी भाइचारा अभिवृछि गर्दै खेलको बिकासमा टेवा पु¥याउने वताए । थापाले प्रदेश नम्बर चारलाई खेलकुदको राजधानी बनाउनका लागी सरकार पक्ष संग मिलेर अगाडी वढ्ने समेत वताए ।
Leave a Reply