‘देउराली’ले बनाएका गायक शंकर

0Shares

दोहोरी गीत गाउन माहिर छन् उनी । विभिन्न प्रतियोगितामा दोहोरी गाउदा पाएको पुरस्कारले उनलाई तीदाङ्गे बनायो । उनी हुन् मनकामना–४ आरुखर्क स्याङ्जाका शंकर विरही गुरुङ । २०६१ सालमा ‘लाग्न थाल्यो आश’ नामक एल्बम निकालेपछि यसले राम्रै बजार लियो । एल्बमबाट पाएको सफलताले उनलाई २०६७ मा फेरी अर्को एल्बम ‘खोली तरौंला’ निकाल्न हौस्यायो ।

यो एल्बमले बजार तताएपछि उनी निकै उत्साही छन् । ‘खोली तरौलालाई स्रोताले अत्यधिक मन मराईदिनु भो, यसबाट मलाई थप उत्साह जागेको छ’ शंकर भन्छन् । त्यस लगत्तै उनले सालैजो एल्बम निकाले । गुरुङ भाषाको गीति एल्बम ‘छ्या“बह्रानी’मा स्वर दिएका उनले केहि गुरुङ चलचित्रका गीतहरु समेत गाउन भ्याएका छन् ।

सानैदेखि लोक दोहारी गीत गाउन मन पराउने उनी पोखरा रेडियो नेपालबाट आउने ‘देउराली’ कार्यक्रममा २०५१ सालमा पहिलो पटक लोक गीत गाएर यस क्षेत्रमा प्रवेश गरेका हुन् । २०५२ मा लुम्बीनि उद्योग बाणिज्य संघले गरेको क्याम्पसस्तरीय लोक गीत प्रतियोगितामा दोस्रो, २०५३ मा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता,वुटवलमा – प्रथम, २०५४ मा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, बाग्लुङ दोस्रो स्थान हासिल गरेका उनी यो बाहेक सानातिना थुप्रै प्रतियोगिता जीति सकेका छन् । व्यवस्थापन संकायमा मास्टर डिग्री सकेका विरही आगमी दिनमा पनि संगीत क्षेत्रमै क्रियाशिल रहने बताउँछन् ।

उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष हुन् भने हाल प्रतिष्ठानको केन्द्रीय सदस्य छन् । सप्तरंगी सा“स्कृतिक प्रतिष्ठान नेपाल, पोखराका आजिवन सदस्य, अनुशिलन संगीत पाठशाला, पोखरा र तरेली सा“स्कृतिक परिवार, पोखराका सल्लाहकार समेत रहेका उनीसँ गरिएको कुराकानी हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *