दर्शकको मन जित्दै तीजे गीत ‘चेली’ (भिडियोसहित)

टुडे पोखरा संवाददाता
0Shares

तीजका गीतहरु एकपछि अर्को गर्दै आईनै रहेका बेला साँच्चीकै तिजको मर्म बोकेको गीत ‘चेली’ बजारमा आएको छ । एरेन्जर, संगीतकार, शब्द संकलक तथा गायक तारानाथ आचार्यको शब्दमा वास्तविक चेलीको मर्मलाई समेटिएको मार्मिक तिज चेली भर्खरै बजारमा आएको हो ।

घरमा श्रीमान र श्रीमतीको बिचमा हुने घटनाक्रमलाई चेलीले गीत मार्फत मार्मिक तरिकाले आमालाई संझाएकी छिन् यो गीतमा । बास्ताविक मर्मका साथ गीतलाई संगीतमा भने दिपक पौडेलले ढालेका छन् । मिठो आवाजबाट गीतलाई गायिका जुना श्रीसमगरले स्वर दिएकी छन् ।

श्रीमान्ले आफु माथी घरमा गरेको ब्यवाहारलाई शब्द लेखक तारानाथ आचार्यले मर्मको साथ पस्किएका छन् जुन गीतले साच्चीकै तिजलाई संम्झाएको छ । डिजिटल स्टार रेकर्डिङ स्टुडियो प्रालि पोखराबाट निर्माण भएको यो गीतको भिडिया सम्पादन शिव भुर्तेल, छांयाकन गणेश सापकोटाले गरेका छन् भने साँच्चीकै गीतको मर्म नमरोस भनेर गीतका लेखक तारानाथ आचार्यले नै भिडियोलाई निर्देशन गरेका छन् ।