तीर्थ तामाङले पाए ‘मेलोडी अवार्ड’

तीर्थ तामाङले पाए ‘मेलोडी अवार्ड’
0Shares

छवि मगर –
गीतकार तीर्थ तामाङले ‘मेलोडी अवार्ड’बाट पाएका छन् । पोखराको चिप्लेढुंगामा रहेको मेलोडी क्याफेले आफ्नो वार्षिकोत्सवको अवसर पारेको तामाङलाई यो सम्मान दिइएको हो । सम्मानसँगै तामाङले २५ हजार ५ सय २५ रुपैयाँ पुरस्कार पाए ।

मंगलबार पोखरा उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा सँस्कृतिकर्मी तीर्थ श्रेष्ठले तामाङलाई नगदसहित दोसल्ला र माला लगाई अवार्ड प्रदान गरे । प्रदेश नम्बर ४ मा रहेर गीत सँगीतको क्षेत्रमा लागेका सर्जकहरुको सम्मानका लागि अघिल्लो वर्ष अवार्डको घोषणा गरिएको थियो ।
लामो समयदेखी गीत लेखनमा लागेको तामाङलाई संगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड दिएको मेलोडी क्याफेका संचालक बिनोद बानियाले बताए । उनले लेखेको गीतमा पोखराका चर्चित गायकहरु कर्णदास, विवेक श्रेष्ठ, विनोद बानियाँ लगाएतले स्वर भरेका छन् । अवार्ड पाईसकेपछि गीतकार तामाङले साँगीतिक क्षेत्रमा लागिरहन हौसाला मिलेको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *