तिजमा दिदीबहिनीलाई ‘गोल्डेन हाउस पार्टी प्यालेस’को साडी उपहार

तिज नजिकिँदै गर्दा पोखराका पार्टी प्यालेसहरुको ‘बुकिङ’ निकै उच्च हुन थालेको छ । झरि पछि तिजको सिजनमा सबैभन्दा बढि पार्टीहरु बुक गर्नका लागि पार्टी प्यालेसहरुले पनि थुप्रै ‘स्किम’हरु ल्याउन थालेका छन् ।

व्यापारिक हिसाबले पनि पार्टी प्यालेसहरुका लागि तिजपछि सिजन लागेको मानिन्छ । त्यसैले पार्टी प्यालेसहरुले पार्टी बुक गर्नेहरुलाई आकर्षण गर्नका लागि यस्ता ‘स्किम’ ल्याउने गरेका हुन् । यहि क्रममा पोखराको जिरो किलोमिटरमा रहेको ‘गोल्डेन हाउस पार्टी प्यालेस’ले तिजलाई लक्षित गर्दै नयाँ ‘स्किम’ सार्वजनिक गरेको छ । उसले दिदीबहिनीहरुको चाड तिजको पार्टी बुकिङ गर्न आउनेहरुको लागि उपहारस्वरुप साडी दिने ‘स्किम’ ल्याएको छ ।

एक वर्ष यता संचालनमा आएको यो पार्टी प्यालेसले धेरै ग्रुपमा आउने दिदीबहिनीहरुलाई खानामा पनि विशेष छुट दिने बताएको छ । ‘दिदीबहिनीहरुको चाडमा उनीहरुसँगै खुशी साटौँ भन्ने हाम्रो चाहना हो । र, यसले हामीलाई व्यवसायिक रुपमा पनि लाभ दिने हामीले ठानेका छौँ ।’ गोल्डेन हाउस पार्टी प्यालेसका संचालक प्रकाश मल्लले बताए ।

त्यस्तै यो पार्टी प्यालेसले विवाह गर्ने जोडीहरुलाई लक्षित गर्दै अर्को ‘प्याकेज’ पनि सार्वजनिक गरेको छ । आफ्नो पार्टी प्यालेसमा विवाह भोज दिने जोडीलाई उसले लेकसाईडको होटल लेक प्याराडाइजमा सोहि प्याकेजमा ‘सुइट रुम’को व्यवस्था गरिदिने जानकारी दिएको छ । ‘हामी हरेक ग्राहकलाई खुशी बनाउन चाहन्छौँ ।’ पार्टी प्यालेसका अर्का संचालक नगेन्द्र सुवेदीले भने–‘र, हाम्रो लागि ग्राहकको खुशी नै सबैभन्दा ठुलो खुशी हो ।’

पार्टी प्यालेसमा दुईवटा सुविधासम्पन्न हल रहेका छन् । दुई हलमध्ये ठुलो ३ हजार सिट क्षमताको छ भने सानो २ सय सिट क्षमताको छ । ६ रोपनी क्षेत्रफलमा रहेको यो पार्टी प्यालेसमा प्रशस्त पार्किङको समेत सुविधा रहेको संचालकले बताएका छन् । दुईवटै वातानुकुलित हल रहेको यो पार्टी प्यालेस पोखराको सबैभन्दा सुविधासम्पन्न रहेको संचालकहरु दाबी गर्छन् ।