तारा एयरको विमान दुर्घटना

0Shares

 

हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । हुम्लाबाट सुर्खेत उड्नलागेको तारा एयरको ९एन(एबीएम कलसाइन भएको ट्वीनअटर विमान उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो ।
पञ्चर भएर विमान रनवेको दक्षिणी भेगमा पुगेको छ । जहाजको नोज कुच्चिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय बसन्त लामा र अनुप गुरूङ रहेका छन् । त्यस्तै अन्य ३ प्रहरी पनि घाइते भएका छन् ।
जहाजमा चुनावमा सुरक्षाका लगाि गएका १३ प्रहरी सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *