तारानाथको गीत रोइला ‘तिउन चाख्ने बानी’ (भिडियोसहित)

45Shares

लोक दोहोरी गायक तथासंगित संयोजक तारानाथ आचार्य र माया गुरुङको स्वरमा रमाइलो रोइला गीत ‘तिउन चाख्ने बानी’सार्वजनिक भएको छ ।
डिजिटल स्टार रेकर्डिङ स्टुडियो प्रालि.को युटुब च्यानलफर्मात सार्वजनिक गरिएको गीत रुचाइएको छ । तारानाथ आचार्यको लय सृजना, माया गुरुङको शब्द रहेको सो गीतको भिडियो रमाइलो बनेको छ ।
गणेश सापकोटाको छायांकन,सुबास अमगाईको सम्पादन रहेको म्युजिक भिडियो स्वयम् तारानाथ आचार्यले निर्देशन गरेका छन् ।
गीतको छायांकनमा दिपक पौडेल, कुमार गुरुङ, रबिना गुरुङ र रमा रानाले साथ दिएका छन् ।
डिजिटल स्टार रेकर्डिङ स्टुडियो प्रालिको प्रस्तुतिमा बनेको गीतको एरेञ्ज तारानाथले नै गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *