म्याग्दीको हिस्तान गाविसमा जन्मिएकी तारादेवी पुनले सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा तीनवटा राष्ट्रिय किर्तिमानी सहित स्वर्णपदक जितेकी छन् । सप्तरीमा भएको प्रतियोगितामा नेपाल प्रहरीको विभागीय सहभागि भएकी पुनले आफ्नै तीनवटा विधामा (snatch,clean,jerk)मा रहेका १६६ रहेको रेर्डकमा अहिले १६८ बनाएकी छन् ।
२२ औ पुरुष तथा सातौ राष्ट्रिय महिला भारोत्तोलन प्रतियोगितामा विगतका प्रतियोगितामा बनाएको रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको पुनले बताईन् । ‘नयाँ रेकर्डले उत्साहित छु । आगामी प्रतियोगितामा निरन्तरता दिनेछु’ पुनले भनिन् । बुवा विरु पुन मगर र आमा डिलमाया पुन मगरको कोखबाट हिस्तानको टिकोट–३ मा जन्मिएकी पुनले नेपाल भित्र आयोजित कुनैपनि प्रतियोगितामा दोस्रो भएकी छैनन् । नेपाल प्रहरीको हवल्दार समेत रहेकी तारादेवीले १२ औ दक्षिण एशियाली खेलकुदमा ७५ किलो माथिको तौल समुहमा कास्य पदक समेत जितेकी थिईन् ।
३४ बर्षीय पुनले थाईल्याण्डको फुकेटमा भएको २६ औ महिला एसियाली भारोत्तोलन च्याम्पियनसिपमा तीन राष्ट्रिय र्कीतिमान समेत बनाएकी थिईन् । ०७२ साल भरी खेल क्षेत्रमा चर्चाको शिखरमा रहेको भन्दै पिपुल्स च्वाईस अवार्डमा समेत मनोनयनमा परेकी थिईन् । सन् २०५९ सालबाट भारोत्तोलनमा प्रवेश गरी राष्ट्रियस्तरमा समेत दर्जनौ खेलमा उत्कृष्ट भएकी पुनले आफ्नो उपाधीलाई जिल्लाको प्रतिष्ठा संग जोड्ने गरेकी छिन्
Leave a Reply