तरुण दलको महाधिवेशनमा कास्कीका राणा र छन्त्यालले केन्द्रिय सदस्यमा उमेदवारी दिने

Today Pokhara
0Shares

पोखराप्लसवादाता
पोखरा कार्तिक ।

नेपाल तरुण दलको चौथो महाधिवेशनमा कास्कीका सुरजजङ्ग राणा र लक्ष्मण छन्त्यालले केन्द्रिय सदस्यमा उमेदवारी दिने भएका छन । विपीको सपना शान्ति ,विकास र सुशासन तरुण साझेदारीका लागी चौथो राष्ट्रिय
महाधिवेशन भन्ने मुल नाराका साथ आगामी कार्तिक २७ देखि २९ गते सम्म पोखरामा हुन गइरहेको नेपाल तरुण दलको चौथो महाधिवेशनमा राणा र छन्त्यालले केन्द्रिय सदस्यमा उमेदवारी दिने भएका हुन ।

rana-and-chhantyal
बिगत १५ वर्षदेखि नेपाली कांग्रेसमा सक्रिय रुपमा लागेका राणा र छन्त्याल मध्ये राणाले खुल्ला तर्फ र धन बहादुर छन्त्याल (लक्ष्मणल)ले अल्पसंख्यक तथा पिछडा वर्गको तर्फबाट उमेदवारी दिने भएका हुन ।
कास्कीबाट केन्द्रिय सदस्यका आकंक्षीहरु काठमाण्डौ धाइरहेको वेलामा राणा र छन्त्यालले कास्कीमानै महाधिवेशन भब्य र सभ्य तबरले सम्पन्न गराउन लागी परेका छन । सानै उमेरदेखि नेपाली कांग्रेसमा सक्रिय भएर लागी परेका राणा वि.स.२०६० देखि २०७१ सम्म नेपाल तरुण दल नगर अध्यक्ष, नेपाली कांग्रेसको हालै सम्पन्न १३ औ महाधिवेशनमा कास्की क्षेत्र नम्
chhantyal-1
बर १ बाट क्षेत्रिय सचिव भइ तरुण दलको महाधिवेशन प्रतिनिधी रहेका छन ।
उनी राजनितीमात्र नभइ विभिन्न सामाजिक संघ सस्थामा समेत आवद्ध रहदै आएका छन ।

राणा लेखनाथ जेसिसको पूर्व अध्यक्ष २००८, लेखनाथ उद्योग वाणिज्य संघको निवर्तमान कार्यसमिती सदस्य, अन्तराष्ट्रिय तेक्वान्दो महासंघ (आइ टी एफ) कास्कीका अध्यक्ष, लेखनाथ खेलकुद बिकास समितीका प्रथम उपाध्यक्ष, लेकसिटी युथ क्लवका संस्थापक र तरुण दल लेखनाथ नगर कमिटीका
निवर्तमान अध्यक्ष भएर काम गरिसकेका छन । राणा कास्कीका पूर्व सभामुख एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट , कास्कीका सांसद यज्ञ बहादुर थापा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद जीवन परियार, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको निकट रहेर संसदीय चुनावमा युवा परिचालन क्षेत्र नम्बर एकको संयोजक भइ काम गरिसकेका छन ।

rana1

राणा जिल्लामा मात्र नभई केन्द्रमा पूर्व रक्षामन्त्री बालकृ

ष्ण खां
ड र सांसद तथा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष उदय शमसेर राणाका निकट मानिन्छन । त्यसैगरी अल्पसंख्यक तथा पिछडा वर्गको तर्फबाट उमेदवारका प्रत्यासी धन बहादुर छन्त्याल (लक्ष्मण) पनि विगत १० वर्षदेखि नेपाली कांग्रेस कास्कीमा सक्रिय भएर लागी परेका क्रियाशिल सदस्य हुन । लेखनाथ सैनिकबस्ती घर भएका छन्त्यालले तरुण दल खेलकुद बिभागका केन्द्रिय सदस्य हुन । छन्त्यालले विभिन्न सामाजिक संघ सस्थाहरुमा आवद्ध भइ काम गर्दै आइरहेका छन । उनले आदर्श युवा क्लव लेखनाथ र नेपाली कांग्रेसमा क्षेत्र नम्बर १ मा विशेष योगदान पु¥याउदै आएका छन

हाम्रो फेसबुक पेज

हाम्रो युट्यूब च्यानल