झण्डै डेढ बर्ष अगाडी सामाजिक संजालमाचर्चित भएकीकुशुमश्रेष्ठ ‘तरकारीवाली’ ले अभिनय गरेको चलचित्र ‘लम्फु’आगामी बैशाख २८ गते देखीप्रदर्शन हुने भएको छ । प्रचार–प्रसारको लागीपोखरा आइपुगेको चलचित्र युनिटले एक पत्रकार सम्मेलनको आयोजना गरी ‘लम्फु’बारे जानकारी गराएको छ । चलचित्रमा ‘तरकारीवाली’ नै किनआवश्यक परीन भन्ने जिज्ञासामानिर्देशकगोपालचन्द्र लामिछाने सुहाउने चरीत्र र उनको चर्चालाई उपयोग गर्न कुशुमलाई चलचित्रमाअभिनय गराइएको बताए । ‘हामीले कुशुमजीलाई सदुपयोग गरेका छौ, दुरुपयोग गरेका छैनौ ।’ निर्देशक लामिछानेले भने–‘कुशुमकै चाहनामाउनलाई चलचित्रमाअनुबन्ध गरीएको हो ।’
पत्रकार सम्मेलनमाबोल्दै चलचित्रकानिर्माताशक्तिबल्लभ घोरासैनीले ‘लम्फु’लाई प्याकेज चलचित्रको रुपमाब्याख्या गरे । उनले ‘लम्फु’ मा एउटा ब्यबसायिकचलचित्रमाहुने सबै बिशेषताभएको बताए । चलचित्रले बेरोजगार युवाको कथा पेश गर्दछ । फिल्मकाप्रमुखअभिनेताकबिर खड्काले आफुले फिल्मकलेजमासिकेको सबै अभिनयको ज्ञानलाई चलचित्रमापोखेको बताए । खड्काले ओस्कार कलेज अफफिल्म स्टडी बाट अभिनयमा स्नातक गरेका हुन । चलचित्रमाखड्का संगै सलोन बस्नेत, मरीश्कापोखरेल, चाँदनीशर्मा, संजित भण्डारी लगायतकाकलाकारले अभिनय गरेका छन । पपुलर मल्टीमिडियाद्धारा प्रस्तुतचलचित्रकागितमाअर्जुन पोखरेलको संगित छ । छायांकन दिपकबज्राचार्यले गरेकाहुन ।
Leave a Reply