तमु धिं युकेद्धारा सहारा एकेडेमी अवलोकन

तमु धिं युकेबाट क्होला सोंथर अध्ययन भ्रमण गरी पोखरा आएका अध्यक्ष ज्ञाम गुरुङ सहितको समुहले पोखरा १७ दोविल्लास्थित सहारा एकेडेमीको अवलोकन गरेको छ ।दोविल्ला पुगेको तमु धिं युकेको समुहलाई सहारा क्लवका अध्यक्ष केशवबहादुर थापा लगायतले खादा र फूलद्धारा स्वागत गरिएको थियो।

कठिन परिस्थितीका २८ जना किशोरहरु रहेको एकेडेमी सञ्चलनार्थ अक्षयकोषमा तमु धिं युकेका उपाध्यक्ष हितकाजी गुरुङ÷सिता गुरुङले ५० हजार रुपैया, सल्लाहकार जुमकाजी गुरुङ÷कमलादेवी गुरुङले ५० हजार रुपैया सहयोग हस्तान्तरण गरे । यसरी नै एकेडेमीका किशोरहरुका लागि खाजा स्वरुप टोलीका तर्फबाट १० हजार ५६० र खाजा सामग्री तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, आमा अध्यक्ष प्रेमा गुरुङ लगायतले हस्तान्तरण गरेका थिए भने किशोरहरुलाई आमा अध्यक्ष प्रेमा गुरुङ र सिता गुरुङ मिठाई वितरण गर्नुभएको थियो ।

तमु धिं युकेका उपाध्यक्ष नन्दजंग गुरुङले एकेडेमीका किशोरहरुलाई शिक्षाको महत्वका बारेमा प्रोत्साहन गरेका थिए भने अध्यक्ष ज्ञाम गुरुङले २८ जना किशोरहरुको आवाश्यकता फुुटबल जुत्ता तमु धिंको तर्फबाट सहयोग गर्ने बताए ।
टोलीलाई सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले एकेडेमीका बारेमा जानकारी दिनुहुदै एकेडेमी भवनको अवलोकन गराएका थिए ।