तमु धिं नेपालको ३३ औं स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित हुदै

Today Pokhara
0Shares

तमु धिं नेपालको ३३ औं स्थापना दिवसको अवसरमा शुक्रवार पोखरामा सम्मान कार्यक्रम गरिने भएको छ ।स्थापना दिवसको अवसरमा डा.हर्क, डा.चन्द्र, प्रा.सन्त स्मृति उच्च शिक्षा पुरस्कारबाट डा.चन्द्रबहादुर तमुलाई सम्मान गरिने भएको छ । तमु धिं नेपाल नयाँ बजारमा हुने कार्यक्रममा डा. तमुलाई २० हजार, सम्मानपत्रसहित सम्मान गरिने तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले जानकारी दिए ।
यसरी नै कर्णेल तीर्थकुमारी तमु स्मृति समाज सेवा सम्मानबाट दुधपोखरी तमु समाजका पुर्व अध्यक्ष तथा तमु धिं नेपालका कोषाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद तमु १५ हजार नगद सहित सम्मानपत्रद्धारा सम्मानित गरिने भएको छ ।
घनबहादुर तमु स्मृति पुरस्कारबाट तमु भाषा, लिपीका बारेमा विशेष योगदान दिनुभएका प्राध्यापक मनबहादुर तमुलाई सम्मान गरिने भएको छ । ङ्योए तमु धिं लेखनाथका अध्यक्ष समेत रहनु भएका तमुलाई १० हजार नगद, सम्मानपत्र सहित सम्मान गरिने कार्यक्रम रहेको तमु धि. नेपालका महासचिव गिरीप्रसाद तमुले जानकारी दिनुभयो ।यसरी नै आदिकवि हर्कबहादुर तमु स्मृति पुरस्कारबाट तमु भाषा, कला सँस्कृति, साहित्यमा विशेष योगदान दिनुहुने लमजुङका केयरसिंह तमु र समाजसेवी महिलाको तर्फबाट दीप निवासी चन्द्रशुबा तमुलाई सम्मान गरिेन भएको छ। सम्मानितहरुलाई जनही १०÷१० हजार, सम्मानपत्रसहित सम्मान गरिने निर्णय भएको तमु धिं नेपालले जनाएको छ ।
यसरी नै आकृति स्मृति छात्रवृत्ति २ जना दुधपोखरी तमु समाजकी सविना तमु र खिलाङ तमु समाजका सन्देश तमुलाई र तमु धिं युके गरिब तथा जेहेन्दार छात्रवृत्ति जोगीमणी तमु समाजका सनिप तमुलाई जनही ५÷५ हजार रुपैया, सम्मानपत्रसहित सम्मान गरिने महासचिव गिरीप्रसाद तमुले जानकारी दिनुभयो ।सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार तमुले सम्मान गर्नुहुने तमु धिं नेपालले जनाएको छ ।