तमुवान—मगराँत संघर्ष समितिको जनजागरण अभियान शुरु वडा र समाजहरुमा संघर्ष समिति गठन

पहिचान र अधिकार प्राप्तिको आन्दोलनरत तमुवान—मगराँत संघर्ष समितिले जनजागरण अभियान बुधवारदेखि शुरु गरेको छ।बुधवार पोखरा महानगरपालिकाको वडा नं.१६ र वडा नं.२६ मा प्र्रशिक्षणात्मक भेला सम्पन्न गरेको छ। प्रशिक्षणसँगै तीनवटा संघर्ष समितिहरु गठन भएकाछन्।

पोखरा १६, तल्लोदिपस्थित जोगीमणी तमु समाजमा सम्पन्न भेलाले सुवेदार चन्द्रबहादुर गुरुङको संयोजकत्वमा तमुवान—मगराँत वडा संघर्ष समिति गरिएको छ। समितिको सदस्यहरुमा मानबहादुर तामाङ, जौमाया थापामगर, इन्द्रबहादुर गुरुङ, सु.दिलबहादुर गुरुङ, भक्तबहादुर गुरुङ, सु.पुर्णबहादुर गुरुङ, क्या.गुञ्जसिंह गुरुङ, जौमाया गुरुङ र लक्ष्मी गुरुङ चयन हुनुभएको छ।

यसरी नै पोखरा महानगरपालिका वडा नं. २६ बुढीबजारस्थित सक्नेरी बुद्ध आमा समुहमा आयोजित भेलाले दुर्गाबहादुर गुरुङको संयोजकत्वमा तमुवान—मगराँत सक्नेरी बुद्ध आमा समुह संघर्ष समिति गठन गरेको छ। समितिको सदस्यहरुमा नरमाया गुरुङ, गंगा गुरुङ, विनिता गुरुङ, तारादेवी गुरुङ, सु.गमबहादुर गुरुङ र सुकबहादुर गुरुङ चयन भए।

उक्त भेलाले नै प्रेमकुमारी गुरुङको संयोजकत्वमा तमुवान—मगराँत स्याग्ङ्जाली तमु समाज संघर्ष समिति गरेको छ। समितिको सदस्यहरुमा क्या.चेतबहादुर गुरुङ, सु.जंगबहादुर गुरुङ, सु.लोकबहादुर गुरुङ, सु.गोपालसिंह गुरुङ, पोमबहादुर गुरुङ र शान्तिकुमारी गुरुङ चयन भए।

पोखरा १६ मा भएको भेलाका प्रमुख अतिथि तमुवान—मगराँत संघर्ष समितिकी संयोजक कर्म तमुले आदिवासी जनजातिको पहिचानको सम्मान नगर्ने सरकारका विरुद्ध गाँउ टोल टोलबाट आन्दोलित हुन आग्रह गर्नुभयो। करिब ३८ प्रतिशत आदिवासी जनजातिलाई कुण्ठित गर्दै कर बृद्धि गरी तलब, भक्ता र भ्रष्टचारमा रमाउने नेताहरुले कस्तो समृद्धि चाहेको होला भन्दै प्रश्नगरे । विविधताको सम्मान हुनुपर्छ भन्ने मागलाई जातियतासँग जोड्नेहरुलाइ एक दिन कारवाही गरिछाड्ने उहाँको भनाई थियो।

नेपाल आदिवासी जनजाति महासंघका संस्थापक सदस्य गणेशमान गुरुङले पहिचान र अधिकार प्राप्तिका लागि आफै लड्नुपर्छ भन्नुहुदे ढोकामा भुक्ने कुकुर होइन मालिक बन्न आग्रह गरे।

सु.चन्द्रबहादुर गुरुङको अध्यक्षता र संघर्ष समितिका सचिव आसबहादुर गुरुङको संचालनमा भएको कार्यक्रमका सु.पुर्णबहादुर गुरुङले स्वागत, संघर्ष समितिका प्रवक्ता हुमबहादुर गुरुङले आन्दोलनको माग र भावि कार्यदिशाका बारेमा प्रशिक्षण गर्नुभएको थियो भने नेपाल तामाङ घेदुङ तमुवान—मगराँतका अध्यक्ष दीपक वाईवा तामाङ, तमुवान युथ भालिन्टियर्सका कृष्णकुमार गुरुङ, आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङ, नेपाल मगर संघ कास्कीका अध्यक्ष पुर्णबहादुर रानामगरले पहिचान, अधिकार, तमुवान—मगराँतको विविध पक्षमा प्रष्ट्याए।

यसरी नै वडा नं २६ मा भएको भेलाका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले पहिचान नामेट र अधिकारबाट बञ्चित गराउन खोज्नेहरु विरुद्ध विभेदमा पारिएकाहरु एकतावद्ध आन्दोलन संगठित हुनुपर्नेमा जोड दिनुभयो। प्रतिगामीहरुको धर्म नै पहिचान लुट्ने र अधिकार खोस्ने भएकाले त्यही चरित्र प्रदेश नामाकरण सहितमा प्रस्तुत गरेको भन्नुहुदै जनता सचेत भई आन्दोलित भएमा जनताको शक्ति नै सर्वेसर्वा हुने बताउए।

लालसुब्बा गुरुङको अध्यक्षतामा भएको भेलामा तमुवान—मगराँत संघर्ष समितिका सचिवालय सदस्य मनबहादुर गुरुङ, आदिवासी जनजाति महासंघ लेखनाथ अध्यक्ष जंगबहादुर गुरुङ, ङ्योए तमु धिं लेखनाथका उपाध्यक्ष क्या.मेकबहादुर गुरुङ र नेपाल मगर संघ बुढीबजार इकाइका अध्यक्ष क्या.पुर्णबहादुर बलामी मगरले मन्तव्य व्यक्त गर्नुहुदै तमुवान—मगरात आन्दोलनलाई शसक्त बनाउने बताए।

कार्यक्रम पश्चात हालैको नामाकरणमा असहमति जनाउदै संस्थागत भवनहरुमा कालो झण्डा गाडिएको थियो।

प्रदेशको नामाकरण तमुवान—मगराँत राख्नुपर्नेसहित आदिवासी जनजाति चाडपर्व विदा कटौती खारेज गर्नुपर्ने, आदिवासीका भाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्नुपर्ने, विशेष संरक्षित वा स्वायत्त क्षेत्र घोषा गर्नुपर्ने, आइएलओ १६९ कार्यान्वयन गर्नुपर्ने, धर्म निरपेक्षता विरुद्धका षडयन्त्र अन्त्य लगायत माग राखी संघर्ष समिति आन्दोलित रहेको छ।