मेनोको फिल्मस् एण्ड मिडिया हाउस पोखराले तनहुँ समाज हङकङका अध्यक्ष प्रेम गुरुङलाई एक कार्यक्रम गरि स्वागत गरेको छ ।
मिडिया हाउसका तारामाया थापामगर, हर्क आलेमगर र मेजन पुनमगरले अध्यक्ष गुरुङलाई खादा लगाई मायाँको चिनो दिएर स्वागत गरेका हुन् । हाउसको तर्फबाट नवनिर्वाचित अध्यक्ष गुरुङलाई कार्यकाल सफलताको शुभकामना समेत दिइएको थियो ।
स्वागतपछि बोल्दै तनहुँ समाज हङकङका अध्यक्ष प्रेम गुरुङले छोटो भेटघाटका अवसरमा मेनोकोले गरेको स्वागतले आफूलाई समाजको लागि काम गर्ने हौसला मिलिेको बताए । उनले प्रदेशमा रहेर काम गर्दा बचेको समय समाजलाई दिएको सुनाए ।
तनहुँ समाज हङकङले अहिलेसम्म भानु संग्राहलय स्थापनामा सहयोग गर्नुका साथै तनहुँका विभिन्न विद्यालयमा अध्ययनरत अपाङ्ग, असाहय, गरिब र जेहेन्दार विद्यार्थीलाईसमेत सहयोग गरेको अध्यक्ष गुरुङले बताए ।
स्वागत कार्यक्रममा पत्रकार तथा लेखक मनोज घर्तीमगर, रैंया फिल्मका नायक अशोक आलेमगर, नायिका कमला थापामगर, लाङ्घालि पत्रिकाका सम्पादक/प्रकाशक मिना थापामगर, चलचित्र प्राविधिक नविन केसी, शुसिल गुरुङको समेत सहभागीता रहेको थियो ।

Leave a Reply