डिजिटल स्टारको चेली २ सार्बजनिक (भिडियोसहित)

टुडे पोखरा संवाददाता
0Shares

छबि मगर

तारानाथ आचार्यको लय शब्द एरेन्ज अनि निर्देशनमा अत्यन्तै मर्मश्पर्शी गीत चेली २ सार्बजनिक भएको छ । डिजिटल स्टार पोखराका संचालक एरेन्जर सर्जक तारानाथ आचार्यले गीत डिजिटल स्टार को अफिसियल युटुब च्यानलबाट  बुधबार बिहानबाट उक्त गीतसार्वजनिक भएको हो ।

नारीको बेदना बोकेको उक्त गीत गीत शान्तीश्री परियारले गाएकी छिन् । गीतमा साया भण्डारी र दिपक पौडेलको अभिनय रहेको छ भने गणेश सापकोटाको छायांकन हो ।

गीत पोखरा र पोखरा आसपासमा छायांकन गरिएको छ । गत बर्ष चेली १ लाइ १५ लाख ५ हजार दर्शक ले हेरिसकेका छन् । दर्शकको अत्याधिक मायाका कारण यस वर्ष चेली २ निर्माण गरिएको सर्जक तरानाथ आचार्यले जानकारी दिए ।