डान्स च्याम्पको पोखरा अडिसन मंसिर १४ गते

छवि मगर
पोखरा, कात्तिक

paper-news-for-pokhara-color-copy
चारलाख रुपैयाँ नगद पुरस्कार भएको राष्ट्रव्यापी नृत्य प्रतियोगिता ‘अल
नेपाल डान्स च्याम्प–२०१६’को पोखरा
अडिसन मिति परिवर्तन भएको छ । बुटवल, पाल्पा,नवलपरासी लगायत जिल्ला अडिसन सकिएको च्याम्पको कात्तिक २० गते हुने भनिएको पोखरा अडिसन अडिसन बिषेश कारण बस मंसिर १४ गते सारीएको आयोजक सस्था बागेश्वरी संगीतालयका क्रियटिभ डाइरेक्टर यम पुनले जाकारी दिए ।

मंसिर १४ गते पोखरा अडिसनका लागि रामघाटको टप्स् हाइएर सेकेन्डरी स्कुलमा प्रतिस्पर्धिहरु जम्म हुनुपर्नेछ । जुनियर र सिनियर दुवै विधाका विजेताले दुई–दुई लाख रुपैयाका दरले पुरस्कार र मुम्बइमा ३ महिना निःशुल्क डान्स कोर्ष सिक्ने मौका पाउने डाइरेक्टर पुनले बताए । उक्त कोर्षका लागि आयोजकले डेढ लाख भारतीय रुपैंया तिर्नेछ ।
पोखरा अडिसनको लागी स्थानिय आयोजक स्टार स्टुडियोले संमन्वय गर्ने जाकारी स्ांचालीका जसु गुरुङले बाताइन् । यस्तै पूर्वमा इटहरीमा कात्तिक २८ गते र दमक झापामा कात्तिक २९ गते अडिसन हुदैछ ।

स्थानीयस्तरमा रहेका नृत्य प्रतिभालाई उनीहरुको कला क्षमता प्रष्फुटन गराई राष्ट्रिय–अन्तराष्ट्रियस्तरमा स्थापित हुने अवसर दिन प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा १४ वर्षसम्मका बालबालिकाले जुनियर र १५ देखि ३५ वर्ष उमेर समूहका युवा–युवतीले सिनियर समूहमा प्रतिस्पर्धा गर्न सक्नेछन् ।
प्रतियोगितामा सहभागी हुन जुनियरलाई एकहजार र सिनियरलाई पन्ध्रसय रुपैयां शुल्क तोकिएको छ । देशभरको अडिसनमा करिब दुई सय जनाको सहभागीता हुने आयोजकको अपेक्षा छ ।

तीमध्येबाट ४० जना छनोट हुनेछन् । उनीहरुलाई बुटवलमा निःशुल्क ३ दिनको वर्कसप (प्रशिक्षण) गराइने छ । त्यसबाट फाइनलका लागि १० जना छनोट हुनेछन् । प्रतियोगितामा भारतीय ४ र एक नेपाली नृत्यकर्मी निर्णायक रहने छन् । पुस २ गते बुटवलमै राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसंगै फाइनल हुनेछ ।

प्रतिभा भएपनि आर्थिक अवस्था कमजोर भएकाहरु भोटिङका कारण प्रतिस्पर्धामा पछाडि पर्नसक्ने भएकाले ‘नो भोट नो एसएमएस’ को प्रावधान गरिएको छ ।
फाइनलमा भारतीय चर्चित नृत्य प्रशिक्षक टेरेन्स लेवीन सहभागी हुनेछन् । विजेता जुनियर र सिनीयर च्याम्पीयनसिप दुबैजनाले उनीसंगै मुम्मइमा तालिम पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने आयोजकले अनुमान गरेका छन् ।