हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजनअन्तरगतयतिबेला देशव्यापी छनौट भएकाप्रतिस्पर्धीहरुले विभिन्न प्रशिक्षणहरु लिईरहेका छन् । आयोजकएपी इन्टरटेनमेन्टले प्रतिस्पर्धीहरुकालागि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धितविविधप्राविधिकतथाव्यवहारिक प्रशिक्षणहरुको व्यवस्थागरिएको जनाएको छ ।
यसैबीच कन्टेस्टका प्रतिस्पर्धीहरुले डाँफे होटलको तर्फबाट बारिस्टा ट्रेनिङ लिएका छन् । प्रशिक्षणमा सहभागीप्रतिस्पर्धीहरुले कफिको बारेमाजानकारी लिनुका साथै ‘कसरी कफिबनाउने ?’ भन्ने विषयमासिकेकाथिए । डाँफे होटल ट्रेनिङ सेन्टरकातर्फबाट नबिन गुरुङले प्रतिस्पर्धीहरुलाई ‘कफि मेकिङ’सिकाएकाथिए । प्रतिस्पर्धीहरुले बेसिककफि मेकिङ, एक्सप्रेसो,अमेरिकानो, क्यापाचिनो जस्ता स्वादकाकफिबनाएकाथिए ।
‘हामीले सामान्यतयाप्रतिस्पर्धीहरुलाई हस्पिटालिटी क्षेत्रसँग सम्बन्धितजीवनोपयोगी स्किलहरु प्रशिक्षणको क्रममासिकाउँदैछौँ ।’ एपी इन्टरटेनमेन्टका प्रबन्धनिर्देशकअर्जुन पाण्डेले भने–‘यो इभेन्टमा सहभागीप्रतिस्पर्धीहरुलाई दिईने प्रशिक्षणले उनीहरुको पुरै जीवनकालभरि नै दक्षभएर कामगर्न सहयोग पु¥याउनेछ ।’
डाँफे होटल ट्रेनिङ सेन्टरले आगामीशनिबार पनिप्रतिस्पर्धीहरुलाई कफि मेकिङ सम्बन्धितालिमदिने जनाएको छ । चिप्लेढुंगास्थित यो ट्रेनिङ सेन्टरमा कुक, बार टेन्डर, वेटर, हाउस किपिङ जस्ता प्रशिक्षणहरु दिईन्छ ।
विभिन्न चरणको अडिसन पश्चातफाइनलकालागि देशभरबाट २५ जनाप्रतियोगीहरु छनौट गरिने आयोजकले जनाएको छ । प्रतियोगितामाप्रथमहुनेले थाइल्याण्ड अथवादुबईको भ्रमण प्याकेज प्राप्तगर्नेछन् । त्योसँगै नगद पुरस्कार र अन्यविभिन्नअवसरहरु आयोजकको तर्फबाट पाउने बताईएको छ ।