ठट्टा होइन मातृभाषा संरक्षण

0Shares
ठट्टाको विषय होइन हाम्रो मातृभाषा । समाजमा अझै छन् त्यस्ता मान्छेहरु जो आफूलाई बोर लागेको बेला तेरो भाषामा बोल त भन्नेहरु । यो सम्मान हुन सक्दैन हामि प्रति । जस्को होस्–जे होस् मातृभाषा ज्यूँदो रहनु भनेको आफु ज्यूँदो रहनु हो । भाषा बिना हामी केवल शून्य छौँ शून्य । केही दोष सरकारको पनि पक्का छ । बाँकी दोष हाम्रै पोल्टामा छ । नकहिले जान्न कोशिस ग¥यौँ न कहिले जान्नुपर्छ है भन्यौँ न कहिले अरुको भाषालाई सुनेर सम्मान गर्न सिक्यौँ । हामी त्यही बिन्दुमा चुक्यौँ ।
देश परिवर्तनको संघारमा छ । विकासका कार्यहरु चल्दैछन् । यतिबेला समयले दुविधामा पारिदिएको छ । परिवर्तनको नाममा हामीले आफ्नो भाषालाई बिर्सदै जाने या परिष्कृत रुपमा अंगाल्दै जाने ? यो अहिलेको मूख्य समस्या हो ।
सरकारले एकमात्र भाषालाई राष्ट्रिय भाषा घोषणा गरेको छ । मातृभाषा बोल्ने स–साना बाबुनानीहरुको मस्तिष्कले लठेब्रो पारामा फरक भाषा सिक्नु पर्दा बालसुलभ दिमागले हामि बोल्ने भाषा आफ्नो भाषा नरहेछ अरु नै भाषा हाम्रो रहेछ भन्ने सोचका कारण पनि अहिले बालबालिकाले काफ्नो भाषा बिर्सदै जाने क्रम बढेको छ । यो हाम्रो दोष होईन सरकार र सरकारी निर्णयको दोष हो ।
बालबालिकालाई मातृभाषाको रुपमा नकारात्मक सोच पैदा गर्ने एक त आमाबाबु पनि हुन् । सानोमा नै फरक राष्ट्रिय भाषा बोल्न प्रेरित गर्ने र मातृभाषा जानियो या नबिर्सियो भने के हुन्छ ? कस्लाई फाइदा पुग्छ भन्ने बारेमा राम्रोसंग जानकारी नदिँदा पनि यो समस्या उत्पन्न भएको केही हद सम्म ठिक हो ।
हामी जनजातीहरुमा मूख्य समस्याको रुपमा आएको यो मातृभाषा बिर्सने क्रम अहिले दिनानुदिन बढ्दै गईरहेको छ । आफ्नो कोइली भाषा बिर्सेर कागको आवाज पछि दौडिएका छौँ । कृष्णसार थियौँ र छौँ तर कसोकसो नचिन्दो क्रममा छौँ–आफैभित्रको सुगन्ध । बाहिरी अत्तर छर्केर केवल भ्रमको गन्धमा छौँ ।
देशविदेशमा मातृभाषा दिवसको दिन सभा,गोष्ठी,बहस कार्यक्र हुन्छन् । राम्रो कुरा हो । यसरी दिवस मनाएर कतिदिन रक्षा हुन्छ मातृभाषाको ? पाठ्यपुस्तकमा कहिले हुन्छ मातृभाषाको कोर्ष ? कहिले खुल्छ मातृभाषा नै पढाई हुने विश्वविद्यालय यो नेपालमा ? कसले गर्ने सुरुवात हामीले या सरकारी तवरबाट ?
मातृभाषा अहिले प्रत्येक प्रदेशमा जुन भाषा बोल्ने मान्छेहरुको बाहुल्यता छ त्यही भाषालाई नै कामकाजी भाषा बनाउनु पर्छ । नजान्नेहरुलाई सरकारले कोर्षमा राखेर सहयोग गर्छ पढेर जान्छन् । राईहरुको ठाउँमा राई भाषा,मगरहरुको ठाउँमा मगर भाषा र थाररुहत क्षेत्रमा थारु,तमुवानमा गुरुङ भाषा,तामाङहरुको भूमिमा तामाङ भाषा । एकपटक सोंची हेर्नूस् त प्रशासनिक काम कति सजिलो हुन्थ्यो होला ? खैर अहिले त सबै आ–आफ्नै धुनमा छौँ । आफू जाने त भैगयो किन सिकाउनु अरुलाई ? आफरुलाई सजिलो भए कसले लिन्छ दुनियाँको दुःख उठाउने जिम्मेवारी ?  यद्यपी सक्किसकेको छैन समय । अझै आशा र विश्वास गर्न सकिने ठाउँहरु धेरैछन् । धेरै थोक आमीले गर्न सक्छौँ मातृभाषाको लागि । सबैलाई अन्तराष्ट्रिय मातृभाषा दिवसको शुभकामना । 
बिकास रोका मगरको फेसबुकबाट
 https://www.facebook.com/bikashroka.magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *