”ट्याङ्चलाक” फिल्मको फस्ट लुक सार्वजनिक

0Shares

शैक्षिक र सामाजिक मुद्दालाई केन्द्रित गरि बनाइएको छोटो फिल्म ‘ट्याङचलाक’ (उज्यालो उन्मुख) को फस्ट लुक सार्वजनिक भएको छ ।

मगर भाषा र विषय वस्तुमा निर्माण गरिएको फिल्म ट्याङ्चलाकको कौरा गीत, पोस्टर, फिल्मको प्रचार सामाग्री काठमाडौंमा सार्वजनिक गरिएको हो ।

पहिलो मगर र गुरुङ फिल्मका निर्देशक युवराज मास्की, पहिलो मगर फिल्मका नायक तथा ट्याङ्चलाक फिल्मका कलाकार राज थापामगर, ट्याङ्चलाक फिल्मका कलाकार तिला (प्रभा) मगरको उपस्थितिमा फस्ट लुक देखाइएको थियो ।

फिल्मबारे पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ कथा, लेखक तथा निर्देशक मेजन पुनले दिएका थिए । फिल्म तनहुँको अलैचे, मानुङकोट र दमौलीमा छायाङ्कन गरिएको छ । अधिकांस मगर भाषामा छायाँकन गरिएको यो फिल्म फिमला ईन्टरटेन्टमेन्ट पोखराको ब्यानरमा निर्माण गरिएको छ ।

जसमा सुजन थापामगर, सनम आलेमगर, राज थापामगर, तिला मगर, सुमन मगर, शिला राना, बसन थापा मगर, गीता रखाली मगर, रचना थापा मगर, शिल्पा थापा मगर, मञ्जु मगर, समीर थापामगर, मनिराज थापामगर, भरत पुन, बोम पुन, सिरीमाया थापामगर, रोहन तन्डुकार, टिका गिरी, कमल गिरी, किशोर खनाल, हममाया पुन आदिले अभिनय गरेका छन् ।

थुप्रै फिल्म बनाइसकेका मेजन पुनले निर्देशक गरेको ‘ट्याङचलाक’ को छायाङ्कन १० दिनमा सकिएको हो । करिब १ घण्टाको फिल्ममा समाजेश कौरा गीतको संगीत र गायन पदम थापा मगरले गरेका छन् भने उनलाई गायनमा गगन पुन र पवन रानामगरले साथ दिएका छन् । फिल्मको छायाँकन प्रविनजंग खडकाले गरेका हुन् । करिब १२ लाखको लगानीमा फिल्मको सम्पूर्ण काम सकिएको निर्देशक मेजन पुनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *