जेसि आई पोखराको शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम

0Shares

जेसीआइ पोखराले शनिबार पोखरामा व्यवसायिक विकास क्षेत्र अन्तर्गतको शुभकामना आदानप्रदान तथा पारिवारिक वनभोज कार्यक्रमको आयोजना ग¥यो । १८ देखी ४० वर्ष भित्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था जेसिआइ पोखराले सोही अवसरमा मिस पोखरा कार्यक्रम २०१८ को औपचारिक समापन पनि गरेको हो ।

कार्यक्रममा यहि आशिवन २० गते पोखरा सभागृह हलमा अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको हिमाअस मिस पोखराका, मुख्य प्रायोजक हिमा अस एजुकेशन कन्सल्टेन्सिका प्रबन्ध निर्देशक समिर थापा मगर, प्रजेन्टर कोसेलि हेल्थ सनफ्लावर तेलका किशोर कुमार श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेस प्रमुख मण्रिाज लामिछाने, पोखरा उध्योग वाणिज्य संघका सदस्य सोबित पौडेल, जेसिआइ पोखराका पुर्व अध्यक्ष तथा नेपाल जेसिजका उपाध्यक्ष गोबिन्द देवकोटा पुर्व अध्यक्षहरु नारायण शर्मा, दयाराम गौतम, पशुपति शर्मा, बिष्णु बहादुर थापा, छवि सुवेदि मिस पोखरा २०१७ ममता जोशि, मिस पोखरा २०१८ सारा बजिमय, पोखरा लेडि जेसिज तथा लेखनाथ जेसिज तथा अन्यको सहभागीता रहेको थियो ।

सन्तोष ओझाले जेसिजको आस्था पाठ पढेर सुरु गरिएको कार्यक्रममा बच्चाहरुको तथा वयश्कहरुका लागि म्यूजिकल चियर घैंटो फूटाई कार्यक्रम समावेश गरिएको थियो ।

बनभोज कार्यक्रमको संयोजन सुर्यबहादुर केसि र शुभकामना आदानप्रदान कार्यक्रमको संयोजन सुरेन्द्र बास्तोलाले गरेका थिए । जेसिआई पोखराका अध्यक्ष शिव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुर्यबहादुर के.सी. र कार्यक्रमको सञ्चालन महासचिव गणेश गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *