जलजला लाई “मगर लाफा” ग्रुपको सहयोग 

काठमाण्डौ नेपाली तारा सिजन- ३ का प्रतियोगी जलजला परियारको उपचारको लागि “मगर लाफा” ग्रुपले जलजलाको बुबा नारायण बहादुर दर्जीलाई रु. ३०,१४६|- (तीस हजार एक सय छयालीस रुपैयाँ) प्रदान गरेको छ । जलजलाको यतिबेला दुबै मृगौलाले सक्रिय रुपमा काम नगरी जिवन र मरणको दोसाँधमा रहेर विगत १९ दिन अगाडि बाट काठमाण्डौको महाराजगन्ज स्थित टिचिङ हस्पिटलको मेट्रो मेडिसिन वार्ड ३०६ (क्याविन) मा उपचार गराईरहेकी छिन ।

२१ वर्षको कलिलो उमेरमै मृगौलामा समस्य आएपछि छोरीलाई बचाउन आफुहरुकै एउटा मृगौला दिन समेत तयार रहेका जलजलाका बाबाआमाले घरको आर्थिक स्थिति कमजोर भएको कारण देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई, दिदिबहिनी, शुभचिन्तक तथा संगीतप्रेमी मनहरुलाई सहयोग गरिदिनु हुन अपिल गरेको छ । यदि यहाँहरु जोकोहीले जलजलालाई बचाउनु पर्छ जस्तो लाग्छ र सहयोग गर्न चाहानुहुन्छ भने जलजलाको बाबाको ग्लोबल आई.एम.ई बैंकमा रहेको खाता (नारायण बहादुर दर्जी- ३५००७०१०००३५७६) मा रकम जम्मा गर्न सक्नुहुनेछ भने उहाँको मोबाइल नं. ९८४३६०३००५ मा पनि फोन गरेर भेट्न सक्नुहुनेछ ।

फिल्म बाटो मुनिको फुल- २ मा समावेश गरिएको “केही कदम तिमी संगै हिन्ने मन छ, नजिक बाट तिमिलाई चिन्ने मन छ ।” गीत गाएर निकै चर्चा कमाएकी जलजलाले सानै उमेरमा दर्जनौं गीतहरुमा आवाज दिईसकेकी छिन । नेपाली तारा सिजन- ३ मा Top Six सम्म पुग्न सफल जलजलाले निर्णायक र दर्शकहरुको राम्रै मन जितेकी थिइन् । तेति बेला निर्णायक सदस्य रामकृष्ण ढकालले जलजला निकट भविष्यमा नेपाली सांगीतिक क्षेत्रको चम्किलो तारा बन्नेमा दुईमत नभएको बताएका थिए ।

मगर लाफा ग्रुपका सदस्य अमर मगर र उहाको कम्पनिमा कार्यरत धन बहादुर खम्चा र दिल कुमार चाम्लिङको पहलमा मलेसियाको West Port Company मा कार्यरत साथीहरूहरु बाट संकलन भएको रकम २९,३४६|- र पछिल्लो क्रममा निकै चर्चामा रहेको नेपाल टेलिभिजनबाट प्रसारित कार्यक्रम “रियो छमछमी” का फाईनलिस्ट शेखर घर्ती मगरले दिएको १,०००|- गरि जम्म ३०,१४६|- (तिस हजार एक सय छयालीस रुपैयाँ) कलाकार तथा सञ्चारकर्मी पदम थापा मगर, स्वयं अभियनकर्ता तथा मगर लाफा ग्रुपका सदस्य अमर मगर साथमा पुष्पा लामाको उपस्थितिमा रियो छमछमीका प्रतियोगी शेखर घर्ती मगरको हातबाट जलजलाको बुबालाई हस्तान्तरण गरेको थियो ।