जनस्वास्थ्यको सामाजिक परिक्षण सम्पन्न

जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गत संचालित विभिन्न १७ स्वास्थ्य संख्याहरुको सामाजिक परिक्षण कार्यक्रमको जिल्ला स्तरीय प्रस्तुतीकरण सम्पन्न भउको छ । सोमवार जिल्ला जनस्वास्थ्य कायाृल्य कास्कीको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै पोखरा लेखनाथ महानगरपालिका प्रमुख मान बहादुर जिसीले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुले जनता प्रति पूर्ण वफादार भएर सेवा गर्नु पर्ने वताए ।

यस्तै महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, तल्लाकोट स्वास्थ्य चौकी इञ्चार्ज डिल्लीराम दहाल रहेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको आयोजनामा भएको सामाजिक परीक्षण कार्यक्रममा नेपाल पव्लिक हेल्थ एण्ड इन्भाइरोन्भेन्ट फर डेभलप्मेन्ट प्रा.लि. का संचालक नविन खड्काले पोखरा लेखनाथ महानगर पालिका अन्तरगतका १७ वटा स्वास्थ्य संस्थाको सामाजिक परिक्षणबाट प्राप्त प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुतीकरण पछि उठेका सवालहरुमा टिप्पणी गर्दै विभिन्न सुझाव तथा प्रतिकृया प्रस्तुत गरिएका थिए । स्वास्थ्य कार्यालय मातहतका कार्यालयमा भएका सेवा प्रवाह र सो सम्वन्धि सुझाव र भावी योजनाको वारेमा निति वनाउन महानगर समक्ष प्रतिवेदन पेश गरिने जनस्वास्थ्य कार्यालय कस्कीका प्रमुख दिने चापाइगाइले वताए । दिनेश चापाइगाइको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सूचना अधिकारी गोपालचन्द्र वरालले गरेका थिए ।