जनता अझै पनि माओबादी प्रति आशाबादी छन् ः नेता करण

0Shares

पोखराप्लस संवादाता

कार्तिक १२, पोखरा

नेकपा माओबादी केन्द्रका पोलिट ब्युरो सदस्य एवं कास्की संयोजक राजकाजी
गुरुङ करणले अझै पनि नेपाली जनता माओबादी प्रति आशावादी रहेको बताउनु
भएको छ । आज नेकपा माओबादी केन्द्र वडानं १४ कमिटि द्धारा बेलचौताराk karn
चाउथेमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा
बोल्दै पुर्व सभासद समेत रहनु भएका नेता करणले हिजो जनताको सानो सानो
कुरामा ध्यान पु¥याउन नसक्दा पार्टी लाई नोक्सान भएको बताउथिए । उहाले
अब जनताको साना साना समस्यामा पार्टी जोडीएको भन्दै विकास निर्माणको
साना साना काम भए पनि पार्टीसंग जोडीन आग्रह । उहाले कास्कीमा १५

हजार माओबादी सदस्य बनाउने अभियान तीव्र रहेको पनि बताए ।
माओबादी केन्द्रका नगर संयोजक दिपक कोइराला रुपकले देश अहिले
माओबादीकै एजेण्डामा अगाडि बढेको भन्दै उहाले कार्यकर्ता लाई निर्बाचनमा
होमीन आग्रह गर्नुभयो । तमुमुक्ती मोर्चाका केन्द्रीय अध्यक्ष बखान सिङ तमु
आभाषले माओबादी ,निर्बाचन क्षेत्र नं २का संयोजक गायत्री दुरा , मगर
मुक्तिमोर्चाका उपाध्यक्ष बालकृष्ण काउछा मगर लगायतले नेपालको विकासको
लागि स्थानीय निकायको निर्बाचनमा माओबादी केन्द्र विजयी हुनुपर्ने बताउनु
भयो ।

माओबादी केन्द्का केन्द्रीय सदस्य शिव खनालले वडानं १४ माओबादी
किल्ला भएको बताउदै सवै नेता कार्यकर्ता एक भएर अगाडि बढे कुनै तागतले
हराउन नसक्ने बताउनु थिए ।
कार्यक्रममा अधिबक्ता शिव सुनार,पार्टीका वडा सचिव शिव कडेल लगायतले
बोल्नुभएको कार्यक्रम वडा संयोजक फणिन्द्रमान विकको अध्यक्षतामा भएको
थिए । कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान समेत गरेका

कार्यक्रममा माओबादी नेता कार्यकर्ताको उलेख्य सहभागिता रहेको कार्यक्रमको
सञ्चारलन अमर ढुङागनाले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *