छैटौ सेभेन ए साईड फुटबल प्रतियोगीता सिम्पानी कसेरी खेल मैदानमा ।
२०७४ माघ २५ गते
पोखरा कास्की
नेपाल तामाङ यूवा घेदुङ कास्कीले सोनाम ल्होछार खि ल्होको पूर्व सन्ध्यामा छैटौ सेभेन ए साईड फुटबल प्रतियोगीता कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल तामाङ घेदुङ कास्की अन्र्तरगत रहेका इकाईहरु बिच यो प्रतियोगिता रहने छ प्रतियोगिता सगै कास्केली तामाङहरुले आज हरिचोक देखि सिम्पानी कसेरी खेल मैदान सम्मको ¥याली कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमको प्रमुख अथिती नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य सु.हरिमान तामाङले दिपप्रज्वालन गरि कार्यक्रम शुरु गरिएको थियो ।
कार्यक्रमका प्रमुख अथिती तामाङले यसपालीको तामाङ जातिको सांस्कृति पर्व सोनाम ल्होछार चन्द्र पात्रो अनुसार फाल्गुनमा परेको छ भन्ने बताउनु भयो ।
नेपाल सरकारले राष्टिय क्यालेन्डर प्रकाशन गर्दा नेपाल तामाङ घेदुङ संग कुनै परामर्श नगरी माघ ४ गते को दिन सोनाम ल्होछारको विदा लेखेकोले तामाङ जाति भित्र गलत सन्देश फैलाएको आरोप लगाउनु भयो ।
अथिती पोखरा लेखनाथ महानगरपालिक वडा नं १ की अध्यक्ष शारदा पराजुलीले तामाङ आमा बुबाहरुले आफ्नो जन्म मिति गलत लेखिएकोले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ताबाट बन्चित भएको बताउनु भयो ।
अध्यक्षले मेरो उमेर पुगिसक्यो बृद्ध भत्ता दिनुस् नानी भनेर आउनु हुन्छ जन्म मितिमा पुगेको देखिदैन बृद्ध आमा बुबाहरुलाई भत्ता दिन नपाउदा दुख व्यक्त गरिएको थियो । यसरी जन्म मिति फरक नगर्न आग्रह गर्दै शुभकामना दिनु भएको थियो ।
नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष कृष्ण बहादुर तामाङले तामाङ जातिको सांस्कृति पर्व सोनाम ल्होछार हो यो पर्वसंग तामाङ जातिको पहिचान जोडेको छ यो पर्वलाई जोगाई राख्न सम्पूर्ण तामाङ जातिलाई आग्रह गर्नु भएको थियो भने नेपाल तामाङ सिम्पानी इकाई समितिका अध्यक्ष बिर बहादुर तामाङ, सुक बहादुर घले लगायतले शुभकामना दिनु भएको थियो भने कार्यक्रम नेपाल तामाङ युवा घेदुङ कास्कीका अध्यक्ष कुमार थिङ तामाङको अध्यक्षता स्वागत् मन्तव्य, उपाध्यक्ष बृजेस थिङ तामाङ, सचिब कुमार तामाङले कार्यक्रम सन्चालन गरिएको थियो ।
Leave a Reply