चौथो यूनिप्स खेलकुद महेत्सबमा एथलेटिक्सका खेलहरु जारी

टुडे पोखरा संवाददाता
0Shares

निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स)को चौथो खेलकुद महोत्सब अन्र्तगत सोमबार पोखरा रंगशालामा एथलेटिक्सका खेलहरु जारी रहेका छन ।

सोमबार सम्पन्न लङजम्प छात्र माबी तर्फ गेफका सुमन बिक प्रथम, एकताका अमरेश गुरुङ द्वितिय, वेलननका शिब बिक तृतिय र ज्ञानकुञ्जका दिपेन दुराले सान्तवना स्थान प्राप्त गरेका छन । सोही विद्याको छात्रा तर्फ कालिकाकी स्वस्तिका क्षेत्री प्रथम, सत्यसाईकी प्रतिभा गुरुङ द्वितिय, एकताकी विद्या पोखरेल तृतिय र वेलननकी प्रियंका कार्कीले सान्तवना स्थान हासिल गरिन ।

त्यसै गरि माबी छात्र तर्फ सटपुटमा वेलननका शिब बिक प्रथम, माउन्ट हेभेनका निशान गुरुङ द्वितिय, ज्ञानकुञ्जका शुसिल गुरुङले तृतिय स्थान प्राप्त गरेका छन । सोही स्पार्धाको छात्रा तर्फको खेलमा वेलननकी मनिशा केसी प्रथम, गेफकी बबिता गुरुङ द्वितिय र स्माइल हेभेनकी निशा सुनार तृतिय भइन ।

प्रतियोगिता अन्र्तगत लङजम्प निमाबी छात्र तर्फ वेलननका सुमन बिक प्रथम, कालिकाका अशिम खडका द्वितिय र ज्ञानकुञ्जका दर्पण रोक्का तृतिय भए । सोही स्पर्धाको निमावी छात्र तर्फ वेलननका संजित बिक प्रथम, राइजिङ सनका मनिश बिक द्वितिय र पञ्चासेका सन्देश बिक तृतिय भएकाछन ।

यसै गरि सटपुट निमाबी छात्राको खेलमा ज्ञानकुञ्जकी आकृती गुरुङ प्रथम, वेलननकी रेखा पुन द्वितिय र कालिकाकी सफलता जिशी तृतिय भएका छन । सटपुट निमाबी छात्र तर्फको खेलमा पिनाकलका कुमार बिक प्रथम, ज्ञानकुञ्जका दर्पण रोक्का द्वितिय र होली एञ्जलका राजेश परियार तृतिय भएका छन ।

गिताका प्रचार– प्रसार स्रंयोजक सन्तोष तिवारीले जानकारी दिएका छन । एक साता देखि चलेको खेलकुद महोत्सवमा १८ विद्यालयका ३ हजार विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गरेको यूनिप्सका अध्यक्ष शान्ता बहादुर गुरुङले बताए । मंगलबार एक समारोहका विच पोखरा रंगशालमा कार्यक्रम समापन गरिने प्रतियोगिताका संयोजक ध्रुब गिरीले बताएका छन ।