‘चिमखोला मौलिक लोकसंगालो’ बजारमा

0Shares

पोखरा, १२ कात्तिक

म्याग्दीको चिमखोला क्षेत्रमा गाइने मौलिक एवं ठेट भाकाहरूको संगालो ‘चिमखोला मौलिक लोकसंगालो’ बजारमा आएको छ । लोकगायिका धनकुमारी थापामगरको लय र शब्द रहेको यानीchimkhola-maulik-lok-sangalo-photoमाया, अविजाले माया, शिरफूले माया र दुई वटा लोकगीत संग्रहित लोकसंगालोलाई टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको हो । झण्डै ४० को दशकतिर रेकर्ड भएका पूराना ती मौलिक गीतहरूको झण्डै तीन दशकपछि छायाड्ढन गरी म्यूजिक भिडियोसहित टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको हो ।

संग्रहित गीतहरूमा लोकगायिका धनकुमारी थापामगरसहित राधा पुन, डम्मर पुर्जामगर, जमुना गर्बुजामगर र दुर्गाबहादुर पुनले स्वर दिएका छन् । गोविन्द पुनको निर्देशन रहेको म्यूजिक भिडियोको छायाड्ढन भने दानबहादुर श्रीसले गरेका हुन् । सम्पूर्ण गीतको छायाड्ढन म्याग्दीको चिमखोलामै गरिएको छ । सम्पूर्ण गीतका म्यूजिक भिडियोहरू युट्युबमा पनि हेर्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *