चार लाख पुरस्कारको डान्स च्याम्प

छवि मगर
पोखरा, ११ कात्तिक
चारलाख रुपैयाँ नगद पुरस्कार भएको राष्ट्रव्यापी नृत्य प्रतियोगिता ‘अल नेपाल डान्स च्याम्प–२०१६’को अडिसन जारी छ । बुटवल, पाल्पा, नवलपरासी लगायत जिल्ला अडिसन सकिएको च्याम्पियनसिपको पोखरामा पनि बृहत अडिसन हुने भएको छ । प्रतियोगिताको आयोजक बुटवलको बागेimg_1442श्वरी संगीतालय हो ।
संगीतालयले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरि पोखरा अडिसन कात्तिक २० गते गर्ने जानकारी गराएको छ । संगीतालयमा क्रियटिभ डाइरेक्टर यम पुनले स्थानीयस्तरमा रहेका नृत्य प्रतिभालाई उनीहरुको कला क्षमता प्रष्फुटन गराई राष्ट्रिय–अन्तराष्ट्रियस्तरमा स्थापित हुने अवसर दिन प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा १४ वर्षसम्मका बालबालिकाले जुनियर र १५ देखि ३५ वर्ष उमेर समूहका युवा–युवतीले सिनियर समूहमा प्रतिस्पर्धा गर्न सक्नेछन् ।
कात्तिक २० गते पोखरा अडिसनका लागि रामघाटको टप्स् हाइएर सेकेन्डरी स्कुलमा प्रतिस्पर्धिहरु जम्म हुनुपर्नेछ । जुनियर र सिनियर दुवै विधाका विजेताले दुई–दुई लाख रुपैयाका दरले पुरस्कार र मुम्बइमा ३ महिना निःशुल्क डान्स कोर्ष सिक्ने मौका पाउने डाइरेक्टर पुनले बताए । उक्त कोर्षका लागि आयोजकले डेढ लाख भारतीय रुपैंया तिर्नेछ ।

प्रतियोगितामा सहभागी हुन जुनियरलाई एकहजार र सिनियरलाई पन्ध्रसय रुपैयां शुल्क तोकिएको छ । देशभरको अडिसनमा करिब दुई सय जनाको सहभागीता हुने आयोजकको अपेक्षा छ । तीमध्येबाट ४० जना छनोट हुनेछन् । उनीहरुलाई बुटवलमा निःशुल्क ३ दिनको वर्कसप (प्रशिक्षण) गराइने छ । त्यसबाट फाइनलका लागि १० जना छनोट हुनेछन् । प्रतियोगितामा भारतीय ४ र एक नेपाली नृत्यकर्मी निर्णायक रहimg_1418ने छन् । पुस २ गते बुटवलमै राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसंगै फाइनल हुनेछ ।

प्रतिभा भएपनि आर्थिक अवस्था कमजोर भएकाहरु भोटिङका कारण प्रतिस्पर्धामा पछाडि पर्नसक्ने भएकाले ‘नो भोट नो एसएमएस’ को प्रावधान गरिएको छ ।
फाइनलमा भारतीय चर्चित नृत्य प्रशिक्षक टेरेन्स लेवीन सहभागी हुनेछन् । विजेता जुनियर र सिनीयर च्याम्पीयनसिप दुबैजनाले उनीसंगै मुम्मइमा तालिम पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने आयोजकले अनुमान गरेका छन् ।
तस्वीर ः छवि मगर