चारभञ्ज्याङ तमु समाज पोखराद्धारा स्वागत सम्मान

पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारस्थित चारभञ्ज्याङ तमु समाज पोखराले विदेशबाट घरबिदामा आएकी चारभञ्ज्याङ तमु समाज हङकङकी अध्यक्ष अनिता तमु सहित १७ जनालाई स्वागत सम्मान गरेको छ ।
यसरी नै स्वागत तथा सम्मानित हुनेहरुमा लामेका चन्द्रबहादुर तमु, मदन तमु(काजी, सन्तोष तमु, इन्पेक्टर सपुन तमु, रामबहादुर तमु, बुद्ध तमु, भिमकुमारी तमु, भँगराका क्या.चन्द्रबहादुर तमु, राजबहादुर तमु, सञ्जय तमु, सञ्जिव तमु, दिने तमु, ठानामौलाका सेना मेडल सुमे हरी तमु, दिपक तमु, अरुण तमु, प्रेमा तमु र अश्मी तमुलाई समाजका अध्यक्ष प्रदीप तमु, प्रमुख अतिथि हङकङकी अध्यक्ष अनिता तमु, आमा अध्यक्ष डम्बरकुमारी तमुले भाङ्रा, घलेक, खादा र बुकेले स्वागत सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि चारभञ्ज्याङ तमु समाज हङकङकी अध्यक्ष अनिता तमुले दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै चारभञ्ज्याङको समृद्धि, एकता र दुखसुखमा जहारहे पनि जुट्न आग्रह गर्नुभयो । घरबिदामा आउदा समाजको सम्मानले विदेशमा रहेर समाजप्रति योगदान गर्न प्रोत्साहन मिलेको बताए ।
कार्यक्रममा चारभञ्ज्याङ तमु समाज अन्तरराष्ट्रिय समन्वय समितिका अध्यक्ष क्या.चन्द्रप्रसाद तमु, महासचिव हुमबहादुर तमु, चारभञ्ज्याङ तमु समाज हङकङका पुर्व कार्यवाहक अध्यक्ष राजबहादुर तमु, समाजकी सहसचिव विना तमुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष प्रदिप तमुको अध्यक्षतामा भएको कार्यक्रमका उपाध्यक्ष क्या.टेकबहादुर तमुले स्वागत र सचिव माओत्सेतुङ तमुले कार्यक्रम सञ्चालन गरेका थिए ।