ग्रामिण शैक्षिक विकासमा लागी समुदायमा जागरण आवाश्यक

टुडे पोखरा संवाददाता
0Shares

ग्रामिण शिक्षाको विकासका लागी आमसमुदायमा शैक्षिक जागरण आवाश्यक रहेको भविष्य निर्माण मावि कृष्तिका वि.व्य.स अध्यक्ष कमल कुमार भुजेलले बताएका छन् । शैक्षिक विकासका खातिर आमअभिभावकमा विद्यालय प्रतिको चासोमा समेत अभिवृद्धि आवाश्यक रहेको उनले बताए ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ कृष्ति स्थित विद्यालयमा अहिले कक्षा १२ सम्मको पढाई भैरहेको छ । चार सय भन्दा धेरै विद्यार्थीहरुले अध्ययन गरिरहेको विद्यालयले आगामी शैक्षिक सत्रमा भर्ना अभियान संचालनको तयारी गरिरहेको छ ।
उक्त अभियान मार्फत विद्यालय क्षेत्र बाहिर रहेका सयौ विद्यार्थीहरुलाई विद्यालयको पहुँच सम्म ल्याउने योजना बनाईएको अध्यक्ष भुजेलले बताए । उनका अनुसार निजि विद्यालयहरुमा जाने विद्यार्थीहरुको संख्यालाई रोक्नका लागी विद्यालयमा कक्षा १ देखी ७ सम्म अग्रेजी माध्यमबाट पढाई संचालन गरिएको छ ।
भविष्य निर्माण माविमा भुतपुर्व विद्यार्थीहरुको सहयोगमा अहिले शिशु कक्षाका बालबालिकालाई कम्प्युटर माध्यमको सिकाई (ई—कलास) समेत संचालन गरिएको उनले बताए । आगामी शैक्षिक सत्रबाट पुर्ण रुपमा कम्प्युटर शिक्षा प्रदान गरिने अध्यक्ष भुजेलले बताए ।
शिक्षकहरुका लागी पोशाक अनिवार्य, विद्यालय समयमा अनिवार्य उपस्थिती, अभिभावकहरुको निगरानी र अनुगमन लागायतका विषयहरुलाई नियमित गरिने विद्यालयका प्राध्यानाध्यापक राजेन्द्र सापकोटाले बताए ।
तिन वडा सुविधा सम्पन्न पक्की भवन भएको उक्त विद्यालयमा +२ मा व्यवस्थापन संकाय र एसइइका लागी होस्टेलको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । २००४ सालमा भाषा पाठशालाबाट पठनपाठन सुरु गरिएको उक्त विद्यालयमा अहिले २५ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।