गोल्डेन सहकारीको नवौं बार्षिकोत्सको अबसरमा रक्तदान

टुडे पोखरा संवाददाता
0Shares

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८ सृजना चोकमा रहेको गोल्डेन बचत तथा ऋण सहकारी संस्था लि.को नवौं बार्षिकोत्सबको अवसर शनिबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ९ जना महिला सहित ६५ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा ५, मालेपाटनस्थित शसस्त्र प्रहरी कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भिमबहादुर थापाले पहिलो रक्तदाता संस्थाका सचीव कृष्णप्रसाद पोख्रेललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।
सो अबसरमा संस्थाका सल्लाहकारहरु महेन्द्र रिमाल, गुणाखर सापकोटा लगाएतले रक्तदानको महत्व दिनप्रतिदिन बढ्दै गएको र जनचेतना पनि वृद्धि भइ स्वतस्फूर्त रूपमा रक्तदान गर्नेको संख्या पनि बढ्दै गएको बताए ।
सृजना चोकमा रहेको बिपि स्मृति पार्कमा कार्यक्रम आयोजना गरिएको थियो । सोेही अवसरमा रक्तदाताहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले प्रमाणपत्र बितरण गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की रक्त संचारका प्रमुख धु्रवमणि लामिछाने लगाएतको समूहले प्राबिधिक सहयोग गरेका थिए ।
सहकारीले सामाजिक उत्तर दायित्व अन्तरगत बिगतका बर्षमा जस्तै यस बर्ष स्याङ्जाको राम्दी स्थित बृद्दाश्रमलाई खाद्यान्न र लत्ताकपडा बितरण गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष बिष्णुप्रसाद बरालले बताए ।
गोल्डेन सहकारी आठ बर्ष पुरा भई नवौ वर्षमा प्रवेश गर्दासम्म हाल ९५५ शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी ५ करोड ३० लाख, ऋण लगानी २० करोड ५० लाख र बचत करिब १८ करोड हुनुका साथै कास्की जिल्ला भरी कार्यक्षेत्र रहेको प्रबन्धक दिपक पन्तले बताए ।
सहकारीको भावना अनुरुप नाफा मुखी नभई सेवामुखी भई संचालन भएको उक्त सहकारीले आफ्ना शेयर सदस्यहरुको आर्थिक उन्नतिमा महत्वपूर्ण सहयोग र्पुयाएको सचिव कृष्ण पोख्रेलले बताए ।
संस्थाका अध्यक्ष बिष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बालकृष्ण बरालले र संचालन शिक्षा समिति संयोजक राजेशकुमार घिमिरेले गरेका थिए ।