मादी गाउँपालीका वडा नं. ९, गोर्जेमा सुचनाको हक सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक सुचना समाज पोखराको आयोजना र पोखरा नुडल्स प्रा. लि. को सहयोगमा सम्पन्न उक्त कार्यक्रम श्री हिमालय बाल बिकास केन्द्र मादी–९, गोर्जेमा सम्पन्न भएकोे हो । सुचनाको हक सम्बन्धि सबैमा जानकारी गराई संमृद्ध, सुशासनयुक्त र भ्रष्टाचार मुक्त सुचना समाजको निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरीएको सामुदायिक सुचना समाज पोखराका महासचिब राजेन्द्र शर्माले बताए ।
उक्त अवसरमा बोल्दै श्री हिमालय मावि का सहायक प्रअ तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाश अधिकारीले भने ूसुचनाको हकले जनताले आफ्नो वरपर भएका सम्पूर्ण विषयको जानकारी सजिलै माग्न पाउने र प्राप्त गर्न सक्ने अधिकार दिएको छ । यसको प्रयोग गरेर देशलाई समृद्ध बनाउने हामि सबैको कर्तब्य हो । ू
ूमादी –९ मा यस्ता कार्यक्रम हुनु एकदमै राम्रो हो । हामी सामुदायिक सुचना समाज पोखरालाई धन्यबाद दिन चाहन्छौं । हालसम्म त मेरो वडामा सुचना अधिकारी तोकेको छैन तर छिटै नै तोक्ने प्रयास गर्ने छु । ू भनेर मादी –९का वडा अध्यक्ष तोरण गुरुङले बताए ।
जम्मा ६० जना सहभागी रहेको उक्त कार्यक्रममा सामुदायिक सुचना समाज पोखराका अध्यक्ष दिपक आचार्यले प्रशिक्षण दिएका थिए भने सामुदायिक सुचना समाज पोखरा, मादी गाउँपालीका संयोजक रामहरी अधिकारीले अध्यक्षता गरेका थिए ।कार्यक्रम श्री गृहज्योति आमा समुह र श्री अमरज्योति आमा समुहको स्थानिय ब्यबस्थापनमा भएको थियो ।
Leave a Reply